परराष्ट्रमन्त्री ज्ञवाली र सुष्मा स्वराजबीच भेटवार्ता | दोहोरो कर लगाइएको छैन : मन्त्री आङ्बो | नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी | निरपेक्ष गरीब अन्त्य गरेर अगाडि बढ्दैछौँ : अर्थमन्त्री खतिवडा | प्रतिनिधिसभा समितिका सभापतिको निर्वाचन भदौ १७ गते हुने | आजदेखी धुवाँ फाल्ने गाडी चलाउन नपाईने | १८ पटक ग्रामी अवार्ड विजेता अमेरिकी गायिकाको निधन | सिंहदरबार अगाडी नाङ्गै उभिएर बिरोध गर्ने लिम्बु पक्राउ (फोटो फिचर) | स्वरोजगार लघुवित्तको २० प्रतिशत शेयर, सिटि एक्सप्रेशको १६७ प्रतिशत हकप्रद खुल्यो | कलंकीको अण्डरपास आज खुलेन, अझै केही दिन लाग्ने

प्रधानमन्त्री ओली पाँच दिने भ्रमणका लागि असार ५ गते चीन जाने

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ३०, २०७५ Flash News, Uncategorized, मुख्य खबर, समाचार
oli_ko_chin_tapaikokhabar

प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि असार ५ गते उत्तरी छिमेकी देश चीन जाने भएका छन् । परराष्ट्र मन्त्रालयले ओलीको चीन भ्रमण बारे औपचारिक जानकारी गराएको हो ।

भ्रमण टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन अनन्त, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत रहेको मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङका साथै चिनियाँ समकक्षी ली खछ्याङ लगायतका नेताहरुसँग भेटवार्ता गर्नेछन् । साथै नेपाल र चीनबीच केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । ओलीले बेइजिङमा नेपाल चीन बिजनेस फोरम र थिंक ट्यांकलाई सम्बोधन गर्नुका साथै ल्हासाको भ्रमण गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित