रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

जडीबुटीमा ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु, ट्रिपरमाथि आगजनी

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ३०, २०७५ Flash News, मुख्य खबर, समाचार
tripar_tapaikokhabar

काठमाडौंको जडीबुटीमा ट्रिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार महिलाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार बा ४ ख ३५५८ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको बा ७० प ९३९९ नम्बर स्कुटरलाई ठक्कर दिएको थियो ।

ट्रिपरले स्कुटरलाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले आगजनी गरेको महानगरीय प्रहरी प्रभाग, कोटेश्वरले जनाएको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार दुर्घटनापछि स्थानीयले सडक अबरुद्ध गरेका कारण पेप्सिकोला , कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित