परराष्ट्रमन्त्री ज्ञवाली र सुष्मा स्वराजबीच भेटवार्ता | दोहोरो कर लगाइएको छैन : मन्त्री आङ्बो | नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी | निरपेक्ष गरीब अन्त्य गरेर अगाडि बढ्दैछौँ : अर्थमन्त्री खतिवडा | प्रतिनिधिसभा समितिका सभापतिको निर्वाचन भदौ १७ गते हुने | आजदेखी धुवाँ फाल्ने गाडी चलाउन नपाईने | १८ पटक ग्रामी अवार्ड विजेता अमेरिकी गायिकाको निधन | सिंहदरबार अगाडी नाङ्गै उभिएर बिरोध गर्ने लिम्बु पक्राउ (फोटो फिचर) | स्वरोजगार लघुवित्तको २० प्रतिशत शेयर, सिटि एक्सप्रेशको १६७ प्रतिशत हकप्रद खुल्यो | कलंकीको अण्डरपास आज खुलेन, अझै केही दिन लाग्ने

उत्तर कोरियाले अमेरिकाबाट धोका पाउने निश्चित भएको इरानको दाबी

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ३०, २०७५ Flash News, अन्तर्राष्ट्रिय, प्रवास, समाचार
trumps-kim_tapaikokhabar

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको सम्झौताबारे विश्वभरबाट प्रतिक्रिया आइरहेको छ ।

केही देशले उक्त शिखर वार्तालाई ऐतिहासिक भएको बताउँदै स्वागत गरेका छन् भने कतिले यसमा गरिएका प्रतिबद्धताको आलोचना गरेका छन् ।  दक्षिण कोरियाले दुई देशबीच भएको सम्झौता र शिखर वार्ता शान्ति र एकआपसका सहयोगको लागि नयाँ अध्याय भएको प्रतिक्रिया दिएको छ ।

यद्यपी अमेरिका र आफ्नो देशको संयुक्त सैन्य अभ्यास समाप्त पार्ने अमेरिकी निर्णयप्रति भने आपत्ति जनाएको छ ।  उता चीनले भने दुई देशबीचको सम्झौताले उत्तर कोरियालाई राहत भएको बताएको छ । यो सम्झौताले उत्तर कोरियामाथिको प्रतिबन्ध हट्ने भएकाले उत्तर कोरियालाई राहत हुने प्रतिक्रिया चीनको छ ।

उता इरानले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौता खारेज गरेकाले ट्रम्पको विश्वास गर्न नहुने प्रतिक्रिया दिएको छ । साथै इरानले उत्तर कोरियाले अमेरिकाबाट धोका पाउने निश्चित भएकाले यसप्रति सचेत रहन सुझाव दिएको छ । रुसले पनि इरानको प्रतिक्रियाको समर्थन गरको छ भने चीनले दुई देशबीचको सम्झौता ऐतिहासिक भएको भन्दै समर्थन गरेको छ । -एजेन्सी

प्रतिकृया दिनुहोस्

सम्बन्धित