रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

काँग्रेसका ‘धुर्त ठेकदार’ कान्छारामले बनाएको सडक पिच गरेको भोली पल्टै ‘खत्तम’

तपाईको खबर संवाददाता प्रकाशित : जेठ २२, २०७५ Big News, Flash News, मुख्य खबर, समाचार
kanchharam-thekadar-kalopatre-Tapaikokhabar

नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार रहेको पूर्णबहादुर तामाङको कान्छाराम कन्ट्रक्सनले निर्माण गरेको भोलीपल्टै सडक भत्किन थालेको छ ।

पछिल्लो समय नेपाल सरकारले कामको ठेक्का लिएर काम राम्रोसँग नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्ने घोषणा गरेको बेला नेपाली काँग्रेसका ठेकदार पूर्णबहादुर तामाङको कान्छाराम कन्स्ट्रक्सनले बनाएको सडक निर्माण सम्पन्न भएको दुई दिनमा नै उप्किन थाले पछि हल्लाखल्ला सुरु भएको छ ।

झापा जिल्लाको धरमपुर—पाँचगाछी सडक खण्ड आसपासका जनताले महिनौं धुलो खाए । स्थानीय जनप्रतिनिधिले समेत दबाव दिएपछि कान्छाराम कन्स्ट्रक्सनले सडक कालोपत्रे गर्‍यो । तर, भोलिपल्टै उप्किन थाल्यो ।

purna bahadur tamang tapaikokhabar

निर्माण सम्पन्न भएको भोलीपल्ट देखि नै हातले कोट्याउँदासमेत कालोपत्र उप्किन थालेपछि फेरि जनप्रतिनिधिलाई गुहार्न थालेका हुन्। निर्माणको ठेक्का लिएको ठेकदारका प्रतिनिधि र सडकका इन्जिनियर लिएर शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधि १३ चैतमा अनुगमनमा निस्किए । स्थानीयले आँखै अगाडि कालोपत्र हातले उप्काएर देखाएपछि स्थानीय जनप्रतिनिधि पनि छक्क परे ।

झापाको यो घटना कान्छाराम कन्ट्रक्सनले निर्माण गरेको यो सडक त प्रतिनिधि पात्र जस्तो मात्र हो । नेपाली काँग्रेस नेता समेत रहेको ठेकदारको कान्छाराम कन्स्ट्रक्सनले ठेक्का पाएका अधिकांश ठाउँमा यस्तै काम भएको छ । यो कम्पनी कांग्रेसका नेता पूर्णबहादुर तामाङ हो । रामेछापबाट प्रतिनिधिसभा चुनावमा हारेका कान्छाराम जति चर्चित छन्, उनको निर्माण कम्पनी त्योभन्दा कयौं गुणा बढी बदनाम छ ।

पछिल्लो समय कान्छाराम कन्स्ट्रक्सनको काम गरेका अधिकांश स्थानमा समस्या देखिएको छ । धेरै काम भएको छैन भने काम भएका ठाउँमा पनि गुणस्तरीय छैन ।

बतासे र राजापानी जोड्ने मोटरेबल पुल निर्माणमा ढिलाइ गरेपछि देवसायर एन्ड कान्छाराम जेभीलाई जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत गृह मन्त्रालयमा कारवाहीका लागि सिफारिस गरिएको छ । यो पुल समयमा नबन्दा स्थानीयलाई त सास्ती भएको छ नै लागत पनि बढ्ने अवस्थामा पुगेको छ ।

दाङ, घोराहीको चार लेन सडक विस्तारको अवस्था पनि उस्तै छ । यहाँ कान्छाराम(शंकर माली जेभीले ठेक्का पाएको छ । कटुवा खोला-तुलसीपुर चोकसम्म सडक विस्तारका लागि ३ पटक म्याद थपिसक्दा पनि काम भएको छैन । यो खण्डमा पेटी ठेकदार लगाएर बल्ल ५० प्रतिशत काम भएको छ ।

नमुना सडक बनाउने भनेर बेलबास(बेथरी सडक आयोजना एक अर्ब ४८ करोड ९९ लाखमा ठेक्का लाग्यो । तर बनेर होइन, काम नभएर नमुना बन्ला जस्तो छ । यो सडकको एक खण्डमा ब्रजगुरु(कान्छाराम जेभीले काम गर्दैछ । तर, कामको गति निकै सुस्त छ । मुआब्जा र रुख कटानको विवादले काम नगरेका ठेकदारलाई आगामी साउनको म्याद गुजार्न सहज भएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ(चिडियाखोला खण्डको सिद्धबाबा क्षेत्रमा पनि कान्छारामको काम उस्तै छ । एक वर्षमा काम सक्ने गरी कान्छाराम(जयबाबा गोरख जेभीले ठेक्का पाएको ५ वर्ष पुग्नै लाग्दासमेत निर्माण सम्पन्न भएको छैन । यही ३ किलोमिटर कच्ची खण्डले यात्रीलाई सास्ती दिएको छ ।

५ करोडमा ठेक्का हात पारेका ठेकदारहरुले ३ करोड भुक्तानी लिइसकेका छन् । तर, काम ७० प्रतिशत पनि भएको छैन । झुम्सा, दोभान, सिद्धबाबा, वृन्दावन, डुम्रे, केराबारी क्षेत्र कान्छारामको लापरवाही शैलीको काम गराईले समस्या आएको सडक डिभिजन कार्यालय पाल्पाका प्रवक्ता पवित्रमणि आचार्यले जानकारी दिए ।

कास्कीको आँधीखोलामाथि मोटरेबल पुल बनाउने काममा पनि ‘कान्छाराम अशेष जेभी’ कम्पनीको लापरवाही प्रष्ट देखिन्छ । २०७३ असोजमा बनिसक्नुपर्ने पुलको जग मात्रै बनेको छ अहिलेसम्म । समयमै पुल नबन्दा लागत बढ्को छ । पुलमा डिजाइन ‘रिभ्यू’ गर्नुपरेकाले एक वर्ष ढिला भयो । त्यसपछि भने कम्पनीले काम गर्न चासो नदिएको आरोप सडक डिभिजन कार्यालय पोखराको छ ।

कान्छाराम कन्स्ट्रक्सनले ठेक्का पाएपछि काम नगर्ने समस्या अहिले मात्र देखिएको होइन ।

काठमाडौंको तीनकुने-माइतीघर सडकको ठेक्का कान्छाराम कन्स्ट्रक्सन एण्ड शर्मा जेभीले पाएको थियो । सरकारले पटक-पटक सार्वजनिक रुपमा ठेक्का सम्झौता तोड्ने चेतावनी दिएपछि मात्रै कम्पनीले बल्लतल्ल काम पुरा गरेको थियो । तर, गुणस्तरीय काम नगरेपछि अझै पूरा भुक्तानी पाएको पनि छैन ।

कलंकी नागढुंगा सडकको ३ मध्ये २ वटा खण्डमा शैलुङसँग कान्छारामको ज्वाइन्ट भेञ्चर छ । दुबै ‘कामचोर’ ठेकदार मिलेपनि यो सडकमा बेहाल कायमै छ । झन वर्षा लागेपछि यो सडकमा हिँड्नेहरुको अवस्था कस्तो होला रु

प्रतिकृया दिनुहोस्

सम्बन्धित