रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

लोक दोहोरी क्षेत्रमा पुस्कल शर्माको एकलौटी राज

तपाईको खबर संवाददाता प्रकाशित : जेठ १८, २०७५ मनोरञ्जन
pidako rajadhani-tapaikokhabar

बियोगान्त गीत संगीतको एकाधिकार जमाउन सफल रहेका गायक तथा मोडल पुस्कल शर्माको कारुणीक अभिनयमा नयाँ गीत ‘पिडाको राजधानी’ सार्वजनिक भएको छ ।

लामो समयदेखी आफ्नो गीतमा सिर्जना, गायन र अभियन समेत आफैँ गर्दा आएका शर्माको यस पटकको गीतमा भने अभिनय मात्र रहेको यस गीतको चर्चा सार्वजनिक हुनु अगावै सुरु भएको छ । यस अघि सार्वजनिक भएको उनको फ्यान गीत सर्वप्रथम युट्युवको ट्रेडिङ्ग नम्बर १ मा आएको लोक गीत हो ।

जेष्ठ १८ गते सार्वजनिक गर्ने मिति तोकिएको यस गीतलाई मन्दीर म्युजिक कम्पनीले बजार व्यवस्थापन गरेको छ । गणेश अधिकारी र विष्णु माझीले स्वरबद्ध गरेको यस गीतको अभिनयमा पुस्कल शर्मा र अनु श्रेष्ठलाई देख्न सकिन्छ ।

नलाउ झुठो पिरती ३ मा संग्रहित गरिएको यस गीतको शब्द सुनिल केसीको हो भने संगीत गणेश अधिकारीको हो । हाल गीतको सम्पादनमा व्यस्त रहेका सम्पादक दिपक विष्ट यो गीतले एक पटक फेरी तहल्का पिट्ने बताउँछन् । अजय रेग्मीले छायाँकन गरेको यो भिडियोको निर्देशन भने काजिश श्रेष्ठले गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित