रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

पाँचसय र हजारका नोट बन्द गर्नुपर्छ : सुरेन्द्र पाण्डे

तपाईको खबर संवाददाता प्रकाशित : जेठ १७, २०७५ Flash News, अर्थ, मुख्य खबर, समाचार
Surendra-Panday-tapaikokhabar

पूर्वअर्थमन्त्री तथा नेकपा स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले भ्रष्टाचार रोक्नको लागि हाल प्रचलनमा रहेको पाँच सय र एक हजार दरका नोट बन्द गरिनुपर्ने बताएका छन् । नेपालमा एक सय रुपैयाँ दरको नोटमात्रै चलनचल्तीमा ल्याउनुपर्ने उनको भनाइ छ ।

चितवनको सौराहामा बिहीबार नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले भने, ‘नेपालमा भ्रष्टाचार पाँच सय र एक हजारको नोटमा टेकेर गरिएको छ । नोटकै कारण भ्रष्टाचार बढेको छ ।’

आफू अर्थमन्त्री भएको भए तुरुन्तै पाँच सय र एक हजारका नोट बन्द गरी एक सयका मात्रै नोट सञ्चालनमा ल्याउने योजना सुनाउँदै नेता पाण्डेले भने, ‘एक सयका नोटका बण्डल बोकेर को मान्छे रकम बुझाउन जान्छ ? बोराका बोरा पैसा लिएर हिँड्न पनि समस्या हुन्छ ।’

उनले अब डिजिटल करेन्सीमा जानुपर्ने धारणा राखे । सूचना प्रविधिको युगमा त्यसैअनुसार काम गर्नुपर्ने बताउँदै नेता पाण्डेले परम्परालाई अंगाल्दा नयाँ प्रविधिमा रुचि नदेखिएको बताए ।

फोटो पत्रकारहरुले फोटो बेचेर पैसा कमाउन सक्ने तागत राख्नुपर्ने नेता पाण्डेको सुझाव छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित