Nepal Mediciti Hospital Ad

हो बालकृष्ण हत्यारा होइनन्, उनी वैचारिक राजनीतिका सच्चा पहरेदार हुन् 

पृथ्वीराज ढुंगेल प्रकाशित : जेठ १७, २०७५ Big News, Flash News, विचार
Balakrishna-Dhungel_Tapaikokhabar.

आफूलाई मन नपरेको मान्छेले गरेको काम मन पर्ने कोहि सायदै विरलै भेटिन्छन् । त्यसमाथि विपक्षीले गरेको गल्तीको को त के कुरा गर्नु । यति बेला नेपाली कांग्रेसलाई खिल बनेर बिझाएको विषय हो बालकृष्ण ढुंगेलको आम माफी ।

चोक चोकमा रहेको चिया पसल देखि घरका भान्सा सम्म अनि सडकपेटी देखी संसदसम्म चर्चामा रहेको विषय तत्कालिन माओवादीका नेता बालकृष्ण ढुंगेलले पाएको रिहाइ नै हो । पछिल्लो केहि दिन यता नेपालको राजनीतिक क्षेत्र नै चयालमान बनाइको ढुंगेल काण्डले राजनीतिक धेरै प्रतिक्रिया सिर्जना भएका छन्, जुन स्वभाविक नै हो । जसमा प्रतिपक्ष नै अग्रस्थानमा रहेको छ ।

स्थानिय तहको निर्वाचनमा तत्कालिन माओवादी केन्द्रसँग चुनावी तालमेल गरी चुनावमा होमिएको नेपाली कांग्रेसले त्यति धेरै सफलता पाउन सकेन । तालमेल भएको क्षेत्रमा समेत अपेक्षा अनुसारको नतिजा ल्याउन नसकेको कांग्रेसले एक्लै चुनाव लडेको ठाउँको थोरै क्षेत्रमा मात्र आफ्नो पकड बनायो ।

त्यसपछि लगत्तै प्रदेश सभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भने माओवादी केन्द्रले पनि नेकपा एमालेसँग तालमेल गरेपछि कांग्रेसको मनोबल मात्र गिरेन धेरै ठूलो मात्रामा प्रतिशोध पनि साँध्न थाल्यो जसकोे फलस्वरुप औँलामा गन्न सकिने गरी निर्वाचनको नतिजा आफ्ना पक्षमा पार्न सफल भयो । त्यसपछि नेपालको राजनीतिक क्षेत्र नै दुई ध्रुवमा विभाजन भयो, कम्युनिष्ठ शक्ति र लोकतान्त्रीक शक्ति जसको फलस्वरुप यति बेला बालकृष्णको विपक्षमा आंशिक रुपमा नेपाल कम्युनिष्ट पार्टीप्रति आस्था भएको व्यक्ति भएपनि ठूलो संख्यामा कांग्रेसले नै प्रतिनिधित्व गरेको छ ।

निर्वाचनमा भोगेको पराजयको कारण कांग्रेस यतिबेला नेकपा एमाले र माओवादी केन्द्रबाट पार्टी एकता पछि बनेको नेकपाकोविरुद्धमा गतिलो राजनीतिक हतियार बनाउने दाउमा लागेको छ ।

बालकृष्ण ढुंगेलको विषयलाई लिएर यतिबेला नेपाली कांग्रेसका शिर्ष नेता देखि लिएर विद्यार्थी संगठनले राजनीतिक धर्म निभाइरहेका छन् । अझ पूर्वस्वास्थ्य मन्त्री समेत रहेको नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई गणतन्त्रको राजाको संज्ञा समेत दिएका छन् । यता कांग्रेसको विद्यार्थी संगठन नेविसंघका पुरुष सदस्यहरुले नेपालमा कम्युनिष्टले सर्वसत्तावादको जन्म गराएको भन्दै नांगो जुलुस लगाए भने कतै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन समेत गरे । अर्काे तर्फबाट यति बेला कांग्रेसको विरोधीशैलाई चर्काउनको लागि मानव अधिकारवादी पनि कम्मर कसेर लागिरहेका छन् ।

पहिलो संविधानसभा सदस्यको निर्वाचनमा तत्कालिन माओवादीको तर्फबाट ओखलढुंगा क्षेत्र नम्बर २ बा प्रत्यक्ष निर्वाचित भएका थिए । मुलुकमा गणतन्त्र स्थापनाको लागि माओवादी केन्द्रको आह्वानमा भएको जनयुद्धमा लड्नेहरुको सूचीको केहि संख्या पछि रहेका वैचारिक राजनीतिको लागि होमिएका योद्धा हुन् बालकृष्ण । प्रचण्ड र बाबुरामले जनयुद्धको सुरुवात गरेको भए पनि सायदै बालकृष्ण जस्ता अन्य सिपाही नभएको भए सायदै जनयुद्ध त्यसै तुहिने थियो होला । प्रचण्डले सुरु गरे तर जनयुद्धको सफलताको लागि बालकृष्णले पनि आफ्नो भागमा परेको कर्मको नेतृत्व अवश्य पनि गरेका थिए ।

जनयुद्ध साम्य गर्नको लागि भएको शान्तिप्रकृयाको सुरुवात हुनसाथ उनी जेल चलान भएका थिए । शान्तिप्रकृया र सशस्त्र संघर्षको क्रममा भएको सबै घटनाको प्रतिनिधित्व र घटेका सबै घटनालाई विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप सत्यनिरुपण तथा मेलमिलाप आयोग आफ्नै प्रावधान राखी स्थापना भयो जसको कारण बालकृष्णविरुद्ध मुद्धा पर्याे र उनी संविधानको मर्मलाई आत्मसाथ गर्दै उनको भागमा परेको ८ वर्ष जेल जीवन उनले गुजारीसकेका छन् । सँगै युद्ध लडेका योद्धाहरु सरकारी गाडीमा अघिपछि सुरक्षाको घेरामा रहेर मन्त्री र सांसदको पद धारण गरी रहँदा उनी जेलको चिसो खान बाध्य भए । संविधान अनुसार नै राष्ट्रपतिको सिफारिसमा जेल जीवन बिताइरहेका र जेलमा रहेका कैदिको नियत सुधार भएको खण्डमा ४०% प्रतिशत जेल भुक्तान गरेपनि आम माफी दिने व्यवस्था रहेको छ ।

अदालतले अपव्याख्या गरेको कारण शन्तिसम्झौता अनुसार जेल जीवन भुक्तान गर्नु नपर्ने बालकृष्ण ढुंगेलले ८ वर्ष कैदी जीवन भुक्तान गरी सकेका छन् । उनीसँग युद्ध लडेका धेरै जसो योद्धाहरु प्राय राजनीतिक नेतृत्व र देशको केहि हिस्सा अधिकारका साथ प्रधानमन्त्री, सभामुख, मन्त्री, सांसद भए अनि उपराष्ट्रपति सम्म पनि बनिसकेका छन् ।

प्रकृया एकै थियो जनयुद्धको कोहि त्यहि संघर्षबाट प्राप्त भएको गणतन्त्रको आधारमा राज्यको सम्मान लिइ रहँदा आफैँले लडेर ल्याएको गणतन्त्रको कारण कैदी बने । यो कुनै व्यक्तिगत अभिव्यक्ति होइन शान्ति सम्झौताको परिभाषा नै हो बालकृष्ण ढुंगेल कुनै हत्यारा हाइनन्, उनी एक योद्धा हुन् जसले मुुलुकमा गणतन्त्र स्थापना गर्नको लागि बलिदान दिन तयार थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित