रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

तिमी एक सेतो चम्किने धातु !

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ९, २०७५ कला खबर, कविता, गजल, साहित्य
kr_tapaikokhabar

तिमी एक सेतो चम्किने धातु
जो चम्किरहयौ दिल हरु मा
आँखा हरु मा
दिमाग हरु मा
तर मैले त मेरो नाम को
अर्थ मन नपराएर रै
परिवर्तन गिरिदिएको छु
राजाू म तिम्रो मन को त हुन सकिन
अरु को कसरी बन्नसक्छु।
मेरो पहिलो प्रेम को हल्ला
बतास ले चलाए सङ्गै
हजार नयन ले तिम्रो नाम
जोडेर सोध्न थाले पछि
तिमी लाई अप्ठ्यारो नहोस भनी
आँखा मा कालो चस्मा लगाएर
मुटु माथी पत्थर राखेर
ओठ मा बनावटी सुन्दर हासो देखाउदै
रावण भन्दा बेतुक ले हासेर
मैले सबै का सामु मेरो अनि
मेरो दिल लाई अचानो मा राखेर
मजाक का शब्द युक्त खुकुरी ले यसरी काटेको
त्यस को पीडा सायद म भन्दा अरु ले बुझ्दैन
तिमी मेरो न भए सम्म साथी हरु ले
तिमी लाई नजिस्काओस भनेर
मैले नै जिस्काए तिमि लाई

तिमी ले आफू लाई काडा बनाउछु भन्दा
म काडा को बगैंचा बनाउन तयार भए
ता की कुनै फुल को घाँटी न चुडियोस भनेर ।

तिमि ले गोलकप्पा मन पर्छ भने को दिन
तिमी लाई एलै खान जाउ भन्ने अबस्थामा
नहुदा साथ मा भए का सबै साथी लाई
लिएर जान को लागि कम्मर कस्ने म हु ।
सायस तिमी ले बुझिनौ मलाइ
अनि ततायौ आफ्नो बाटो
म तिमि उनिहरु अनि त्यो
गोल्कपा नि दुखी हुने गरि ।

म आफू लाई आफैले आफै द्वारा
सबै का सामु आफ्नै मन लाई
साची राखेर एक टेबुल मा हात अडायएर
खुट्टा थरथर कापेको न देखियोस भन्दै
हल्लाउदै मजाक उडाएको थिए मेरो
तिम्रो बचाउको लागि
तर अफसोच
तिमी पो दुखि भयौ

तिमिले भने कि थियौ म आत्मकेन्दृत छु
खै तिम्रो आत्मकेन्द्रित को पन र
मेरो पन यति फरक भए छ कि
मेरो आत्मा जलेको को कुरा
आत्मकेन्द्रित भएर बाच्ने
तिम्रो आत्मा ले बुझ्न सकेन छ
अनि राखी दियो मलाइ
स्वचअफ को बार लगाएर
माफिनै माग्न न दिएर
तिम्रो आत्मा ले ।

के आर पाण्डुलिपि
पन्चपुरी न पा ५ सुर्खेत
इमेल ;Pandeybhupendea633@gmail.com

प्रतिकृया दिनुहोस्

सम्बन्धित