मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

मिलनको अगाडि सानातिना विवाद गौण हुन् : महासचिव पौडेलको अन्तर्वार्ता

तपाईको खबर संवाददाता प्रकाशित : कात्तिक १३, २०७५ अन्तर्वार्ता
bishnu-paudel-tapaikokhabar
नेपालका प्रमुख दुई वामपन्थी शक्ति एकीकरणपछि नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।जनतामा आसा पलाएको छ कि अब राजनीतिक खिचातानी अन्त्य हुनेछ र मुलुक समृद्धिको दिशामा अघि बढ्नेछ । यद्यपि, नवगठित नेपाल कम्युनिष्ट पार्टीलाई भने आन्तरिक एकता जुटाएर बलियोसँग खुट्टा टेक्न केही समय लाग्ने देखिएको छ ।
खासगरी दोस्रो तहका नेता र संगठन व्यवस्थापनको सवालमा नेकपाभित्र केही असन्तुष्टि पैदा हुन सक्ने देखिन्छ । यस्ता चुनौतीलाई कसरी सामना गरेर अघि बढ्ने त ?
प्रस्तुत छ, तपाईंको खबर डटकमका लागि नेकपा महासचिव विष्णु पौडेलसँग टेलिफोनमा गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंश ।
एमाले र माओवादी एकतापछि अब नेताहरुलाई व्यवस्थापन जटिल बनेको हो ?
एकता हुँदैन कि भन्ने सशंयलाई असत्य साबित गर्दै हामीले ऐतिहासिक मिलन गरिसक्यौँ । अब नेता व्यवस्थापनको पाटो खासै ठूलो हो भन्ने लाग्दैन । यसलाई अहिले नै जटिल मान्नुपर्ने स्थिति पनि छैन । बरु संगठन व्यवस्थापनको पाटो अलि चुनौतीपूर्ण छ । यसमा बढी गृहकार्यको आवश्यकता हामीले महशुस गरेका छौँ । तर, हामी मिलिसकेका छौँ । यी सबै चुनौती हाम्रो मिलनको अगाडि गौण हुन् । तपाईंले महासचिवको जिम्मेवारी पाउनुभएको छ ।
फरक फरक पृष्ठभूमिबाट बनेको पार्टीको एकीकृत संगठन कसरी व्यवस्थापन गर्नुुहुन्छ ?
व्यवस्थापनमा कुनै ठूलो समस्या छैन । हामीले एउटा ठूलो नेतृत्वदायी पंक्ति व्यवस्थापन गरिसक्यौं । अध्यक्ष, वरिष्ठ नेता, पदाधिकारी, सचिवालय स्थायी कमिटी, केन्द्रीय समिति बनेको छ । उल्लेख्य पंक्तिको व्यवस्थापन भइसक्यो । अब सबै तहका कमिटीहरूमा नेतारकार्यकर्ताहरूलाई हामी संगठित गर्छौं र कामको जिम्मा दिन्छौं । कम्युनिस्ट पार्टीको कुनै पनि सदस्य भूमिकाविहीन र जिम्मेवारीविहीन हुँदैनन् । सबैलाई पार्टीको झन्डा, विचार र दृष्टिकोण बोकेर उत्साहसाथ संगठित बनेर राष्ट्र र जनताका पक्षमा भूमिका खेल्ने आधार तयार गर्छौं ।
संगठन व्यवस्थापन चाहिँ कहिलेसम्म हुन्छ ?
एकता प्रक्रियाका बाँकी काम स्थानीय तहका पार्टी कमिटी, जनवर्गीय संगठनहरूको व्यवस्थापन ३ महिनाभित्र भइसक्छ ।
तपाईं नेकपा सचिवालयको महासचिव बन्दा केही नेता असन्तुष्ट देखिन्छन् नि ?
मलाई त्यस्तो लाग्दैन । म पार्टीको निर्णयबाटै महासचिव बनेको हुँ । एकता संयोजन समितिमा मेरो नाम प्रस्ताव भएको हो । यसमा कोही नेताको असन्तुष्टि भए, त्यतिबेलै देखिन्थ्यो होला ।
अब एमालेतर्फबाट नेकपाको उत्तराधिकारीका रुपमा तपाईंलाई हेरिँदैछ नि ?
पहिलो कुरा अब एमालेतर्फ र माओवादीतर्फ नभनौँ । किनकी, यो नेकपा भइसकेको छ । दोस्रो, उत्तराधिकारी नेकपामा कोही पनि छैन ।
अनि नेताहरुको मर्यादाक्रममा लफडा चाहिँ किन भएको त ?
मैले अघि नै पनि भनेँ, कुनै लफडा वा झगडा छ भन्ने मलाई लाग्दैन । थोरबहुत केही असन्तुष्टि कसैमा छ भने त्यो पनि केहीदिनभित्रै हल हुन्छ । किनकी, अध्यक्षद्वयले त्यसको गृहकार्य गरिरहनुभएको छ ।
दुई अध्यक्षबीच अचानक कसरी एकता गर्ने सहमति भयो ? शक्ति बाँडफाँडमा के के सहमति भएको हो ?
अहिले सबैले अँध्यारामा छामछामछुमछुम गरेजस्तो म देख्छु । नेपाल कम्युनिस्ट पार्टी लोकतन्त्र र पारदर्शितामा विश्वास गर्छ । हाम्रा कामकारबाही सार्वजनिक नै छन् । त्यसैले पछाडि केही छन् कि भनी छामछामछुमछुम गरिराख्नै पर्दैन । जे छ हामीले सार्वजनिक गरेका छौं । मिडिया र देशवासीका सामु ल्याएका छौं । त्यसैले यस्तो भएको छ कि उस्तो भएको छ कि भनेर शंका नगर्न म सबैलाई आग्रह गर्छु ।
महाधिवेशनपछिको नेतृत्व कसको हुने भन्ने कुरा त अहिले नै टुंग्याइसकिएको भनिन्छ नि ?
हाम्रा अध्यक्षहरूलाई ठीक ढंगले बुझ्न नसक्दा यस्ता टिप्पणी र आशंका उब्जिने गरेका हुन् । हामी सबैलाई राम्ररी थाहा छ, महाधिवेशन सार्वभौम संस्था हो । महाधिवेशनले नीति, नेतृत्वका प्रश्नमा स्वतन्त्रतापूर्वक निर्णय गर्न सक्छ । त्यसैले महाधिवेशनले अग्रिम रूपमा यस्तो निर्णय गरोस् भनेर अहिले निष्कर्ष निकाल्नु हुँदैन भन्ने समान्य ज्ञानको कुरा हो ।
यति कुरा पनि हामी र हाम्रो नेतृत्वले बुझेको छैन होला त ?
त्यसैले महाधिवेशनबाट को अध्यक्ष हुन्छ भन्ने अहिले नै सहमति भइसक्यो भन्ने बेतुकको कुरा हो । हामी के कुरामा विश्वस्त छौं भने जसरी फरक पृष्ठभूमिका योगदान र अुनभवसहति अघि बढेका दल एकताबद्ध हुन सक्छौं । एउटै पार्टी बन्दा सिद्धान्त, नीति र नेतृत्वमा सहमति गर्छौं ।
छलफल विमर्शपछि साझा निष्कर्षमा पुग्न सक्छौं भने महाधिवेशनबाट साझा निष्कर्षमा पुग्न सक्दैनौं र ?
विगतमा दुई दलको संगठनको तरिका फरक फरक थियो ।
अब त्यसलाई एकरूपता दिने विधि के हुन्छन् ?
हामीले पार्टीको विधान व्यवस्थित रूपमा तयार गरेका छौं । यसले समग्र संगठनात्मक जीवनलाई मार्गदर्शन गर्छ । अन्य जनसंगठनको सम्बन्धमा पनि एउटा मोटो समझदारी बनाएका छौं । खासगरी मिल्दा चरित्रका संगठनलाई एकताबद्ध गर्ने हो । एकताबद्ध गर्दा उनीहरूका विधान, नीति, विचार र नेतृत्वमा हामीले साझा निष्कर्ष निकाल्ने हो । दुई दलको एकता भइसक्दा सैद्धान्तिक विषयलाई बसहमा लैजाने भनेर छोड्नुभएको छ ।
त्यसलाई कसरी टुंग्याउने ?
हामीले जुनसुकै विषयलाई बहसमार्फत् व्यवस्थापन गर्ने र सार्थक निष्कर्षमा पुग्ने अभ्यास गर्दै आएका छौं । तर यतिबेला हाम्रो ध्यान बहसमा भन्दा बढी पार्टीको राजनीतिक प्रतिविदेनमा उल्लिखित विषयहरूलाई कार्यान्वयन गर्ने दिशामा बढ्छौं ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित