Nepal Mediciti Hospital Ad

‘मेगिना’ कथा…. राजु प्रसाद झल्लु

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ५, २०७५ Big News, कला खबर, साहित्य, सिर्जना
jhallu_tapaikokahbar

पानी पर्न थालेको छ !
भिजिरहेछ- सडकको छाती!

मोटरबाटो हुँदै म पैदल हिडिरहेथे ! झरिको चुम्बनहरुले डाम्नुसम्म डामे मलाई !
जुत्ता प्वाल परेको रहेछ, पानी सब्बै छिर्यो ! आफ्नै जुत्ता प्वाल परेको छ कि छैन था पाउन, एक राउन्ड तपाईंहरु पनि झरिमा भिज्नुहुन्छ भने म गाली गर्छु !सुरुक्क न लाँर जुत्ता ओल्टाइ पोल्टाइ गर्नुस, त्योबेस् हुन्छ
अचेलको झरी र उहिलेका परिहरु ज्याद्रो छन् ! यिनिहरुको चुम्बन नै कडा, डामेर छोड्दिन्छन् ! झरिलाई डायना र परिलाई बोक्सी भन्न विवश भै’रहेका छौ हामी !

पानीमा भिज्दै पानीलाई नै गाली गरिरहेछु ! हाहा, म यस्तै छु‘,खुब खुसी नै छु !

शिरिषको फुलहरु भैं’भरी भएका छन् !निलो पिचमा झन निलिमा थपिएको छ !
आकाश उघारिएको छ, बादल हटेको छ- आकाशमा निलिमा चर्कै गरि पोतिएको छ ! भिजेर म पनि निलै भाछु !

अब एकछिनमा साझ पर्छ 1 साझ पर्नु अगाडि कतै बसेर एक राउन्ड तात्त्ततो कफि सुरुक्क पार्न पाए मन फुरुक्क हुने थियो !

म यतिखेर कफि पिइरहेको छु ! भिजेको जुत्ता र कफि मग लगभग एउटै सतहमा छन् ! एउटा खुट्टा दबारेर अर्को खुट्टा माथी राखेको छु, यसो गर्दा जुत्ताको टाउकोले कफि मगलाई छोइरहेको छ !
भिजेको जुत्ता र तातो कफि एकअर्कासँग गफ्फिरहेका छन् !
म हेरिरहेछु !
वरिपरि आउने जाने गर्नेहरु पनि छन् ! आउन ढिला गर्नेहरु जान हतार गरिरहेछन् ! जान हतार गरिरहेका हरु चाढै आएका हुँदा हुन् !

मलाई थाहा छैन, म यहाँ कतिन्जेल बस्छु !
एउटा आवाज आउँछ, मेरो कानमा छिर्छ, र हल्लाइदिन्छ मलाई !
अरे ! तपाईं यहाँ रु मैले त कता कता खोजिरहेथे !
आवाज आए तिर हेर्छु, रामृ तरुनी छे !कस्तो मिलेको जिउ, रुझेकै भए पनि कस्तो सर्लक्क परेको कपाल !सुलुत्त परेको चिउडो‘म केइ समय उसैको सौन्दर्यमा हराउँछु !
कुनै चित्रकारले अन्तिम स्ट्रक हान्न बाकि रहेको चित्र जस्तो ! मेडोना जस्ती, मोनालिसा जस्ती !पाब्लो निरुडाले लेखिरहेकी कविता जस्ती !आह‘ कोहि यत्ती सुन्दर कसरी हुनसक्छ !

हजुर रु मलाई खोज्नुभको रु, उसको सौन्दर्यमा लठ्ठिदै प्रश्नात्मक नजर हुत्ताए !
अँ तपाईंलाई ! तपाईंलाई बाहेक अरु कसलाई खोज्न सक्छु म रु

ठिकै छ ! खोज्नेहरुले खोजिदिन्छन् र भेट्टिरहन्छु, म !नत्र त‘
नत्र सत्र जान्दिन म, हिड्नुस खुरुक्क १ लौ उठ्नुस, हिडिहाल्नुस् !

हँ रु चिन्नु न जान्नु‘कत्रो धम्की रु कत्रो विश्वास म जान्छु उसँग भन्नेमा रु

माफ गर्नुस ! म तपाईंलाई चिन्दिन !
किन चिन्नुहुन्थ्यो त रु तपाईंहरुको त जातै यस्तो हामीहरुलाई लथालिङ्ग बनाउन बाहेक के जान्नु भाछ र रु

माँपाको‘रिस उठेर आउँछ ! चड्याङ्ग बनाइदिम् झै हुन्छ १ उसको कोमल ओठको हलचल ले रोक्छ ! उ ओठ कमाइरहेकी हुन्छे ! लाग्यो- डराइ ! उसको सौन्दर्य ढाल बनेर उभिदियो !

तपाईंहरुको त जातै यस्तो‘मनमा गुन्जीरहन्छ ! आफू लिङ्ग भएको जात, उ योनी भएकी जात !‘ मान्छेको जात को कुरा गरेकी हो भने‘यै भन्न खोजेकि हो कि रु फेरि यस्तो वाहियत‘ उसको भनाइको तात्पर्य नहुन पनि त सक्छ ! के जान्नु।।रु आकाश तिर मुख बनाएर धुवाँ उडाउछु।,मन अलिक शान्त हुन्छ  आकाशमा कौवा कावा खाइरहेछ !

भनेँ, यति कोमल हुनुहुन्छ ! किन च्याठ्ठिनु भको त्यसै रु
के त्यसै नि रु त्यसै स्यसै केइ हैन, तपाईं लाई नलिइ म जाँदै जान्न्  मरे जान्न, ।।एक जान्न‘, दुई जान्न।।!उठ्नुस, हिडिहालौं !

माफ गर ! मेरो दिमाग उसै पनि खराब छ ! उसै रन्केको छ !
उसो भए, यो कफि फ्याल्नुस ! ए भाइ सुन, सरको लागि एउटा आइसकृम लाइद्यौ 1 झट्टै‘भन्या सुनेनौ रु ओ भाइ‘सुनेनौ रु मैले के भने रु
वैटर आफ्नै काममा मस्त छ ! टेबुल साफ गरिरहेको छ  उ फेरि च्याठिन्छे।। च्याट्ठि नै रहन्छे  ‘वैटर नसुने झै गरेर९सायद नसुनेको पनि हुदो हो अर्को टेबल को अर्डर लिन थाल्छ !
होइन कान सुन्देनौ कि क्या हो‘रु सरको लागि एउटा आइसकृम लाइदेउ भनेको‘!

अनन्तस् म आफै उस्को इच्छामुताबिक आफ्नै लागि आइसकृम मगाउन विवश हुन्छु !
“।।म्यामले भन्नू भाको मेरो लागि एउटा आइसकृम लाइदेउ रे ”

वैटर वाल्ल पर्छ ! अब यो क्याफेमा आइसकृम भए न ल्याउदो हो बिचरो !
त्यै पनि केही छ कि, कतै बचेको छ कि झै गरेर भित्र छिर्छ ! म पनि वाल्ल पर्छु !

***

तपाईंको समस्या के हो रु
मेरो समस्या तपाईं हो !
मेरो बोली झर्न नपाउदै टिपेर मैं तिर हुत्ताउछे !

म समस्या हु, भने मलाई भन्नुस- म हल कसरी गरौं रु
यो भयो न जात अनुसारको बात १‘, तेति सुहाउँदो ओठबाट कति असुहाउदो शब्द निस्केका,‘निस्कन पनि !
फेरि जात‘फ़ेरि दिमाग तात्यो ! त्यै बेला बिचरो वैटरले चिसो पानी म तिर तेर्साउदै भन्यो, “माफ गर्नुस सर,।।आइसकृम त पाइन्न यहाँ ! हिजो बेलुका फृजमा राखेका थियौ, झिक्न बिर्सेछौ।।जमेर पुरै बोत्तल पानी आइस जस्तै भएछ !यसैले काम चलाउनुस न है !”, यत्ती भनेर उ सुइँसुइँ जान्छ !
झ्याक्नेलाई बिचरो ठानेकोमा रिस उठ्यो ! रिसाएर भनेको नि बुझ्दैन ! कस्तो मु* रै’छ !

सब उस्तै ‘कोहि चिन्नु न जान्नु जाम कि जाम भन्छन् १ कोहि यो चिसोमा बरफ भरिएको बोत्तल लाएर मेरो आँखा सामुन्ने तेसार्छन् !
सबलाई भुटुटु भुटेर कर्याम कर्याम चपाँम् झै भयो‘ !
ल्यध थयग उभिबकभ नभत यगत‘निस्किहाल्नुस् तपाईं !मैले भनेको सुन्नुभएन‘रु गै’हाल्नुस‘खुरुक्क जानुस् !

उ चुपचाप छे ! कुन्नै हल्ला गर्दैन! उसको स्थिरताले !
“हामी अस्थिर जातका मान्छे हौ”, उस्ले स्थिर भएर भनि ” यो अब सधै चल्दैन !तपाईंको सधैको यै हर्कत‘ शहरमा पानी पर्नु हुन्न‘तपाईंलाई रुझ्न पर्छ ! भिज्न पर्छ ! भिज्दै भिज्दै शहर घुमेर भ्याउनुपर्च !अरु त अरु,अनि भिजेकै कपडा लागेर ओठ कमाउदै तातो तातो कफि खानुपर्छ  म वाक्क भै’सके तपाईंको यो चाला देखेर ! मैले भन्देको छु‘अब यो धेरै चल्दैन, भन्देको छु मैले !”

मानौं केइसमय त म केइ बुझ्दीन उ के भनिराछे ! जबजब केइ बुझे जस्तो हुन्छु।।अनि उसले भनेको ती तमाम कुराहरुको एकफेर मनन गर्छु !‘ अहँ, छेउ टुप्पो केइ भेट्टाउन्न् !

पिकासोको गुरनिका जस्तो-अस्पष्ट चित्र जस्तो !
मोह कोइरालाको फर्सीको जरा जस्तो- बुझ्दै नबुझिने कविता जस्तो !
चेखोवको ‘शत्रु’ जस्तो- नबुझिने कथा जस्तो !
भेर्दीको अपेरा जस्तो बुझ्नै मुस्किल सिम्फोनी जस्तो !

छेउ न टुप्पोको कुरा‘ !

तपाईं मलाई यति बुझाइदिन सक्नुहुन्छ, म जे गरु जसो गरु तपाईंलाई के सरोकार रु म भिजु कि, रुझु कि।।कफि पिउ कि, च्या पिउ कि‘तपाईंसँग मतलब

उ गलल हास्छे  मलाई उसको हासो अलिकति पनि मन पर्दैन गाको स्वभाव जस्तो‘कस्तो अहम् भरिएको  कति उच्छृङ्खल् ‘
अलि अगि सम्म म उस्को जुन ओठको तारिफ गरिरहेथे, त्यसबाट निस्किएका यी हासो‘अहँ बिल्कुलै पनि तारिफ योग्य छैनन् !
कति कुरुप छे यो केटि रु कति जिद्दी छे रु कति कठोर छे रु अलिकति पनि लाज नभएकी कस्तो चन्डौली रहिछे रु लाज सरम त मानौ छदै छैन।।रु कत्रो हैकम जचाउदै छे ममा !मानौ उ मेरो स्वास्नी हो , र म उस्को लोग्ने १‘कस्तो लाज नभएको चोथाले रहिछे‘रु अलिकति पनि अप्ठ्यारो नलाग्ने‘१ के बोलिराछे त्यसको त हेक्का हुनुपर्छ नि !‘

तपाईंलाई अलिकति पनि लाज लाग्दैन र
मेरो स्वतन्त्रता माथी यत्रो हाँक बोल्न रु मलाई यसो गर् तेसो गर् भन्ने के अधिकार बन्छ तपाईंको रु म को पर्छु तपाईंको रु तपाईं को पर्नुहुन्छ मेरो रु के सम्बन्ध छ हाम्रो‘केको आधारमा यत्रो हैकम रु ‘हँ ‘रु अनत्त्वोगोत्वा मलाई तपाईंको नाउ सम्म थाहा छैन।।रु तपाईं एक नकचरी हो, एक बेश्या हो।। हो‘रु यस्तो हर्कत त एक बेश्या कै हुन्छ १ ।।

म रिसको आवेगमा केइ देख्दिन।।भन्नू म नभन्नु सब भनिदिन्छु १ वरिपरिका मान्छेहरु।।मलाई घुरिरहेका हुन्छन्  तपाईंहरुसँग मेरो सरोकार छैन, र, तपाईंहरु पनि मसंग सरोकार नराख्नुस् !

वरिपरि टेबलका सब अगाडि फर्किन्छन् ! तर लागिरहन्छ,।।उनिहरुको कान मेरो साम्मुख नै छ  त्यो वैटर ट्वाँ मुख पारेर मलाई नि घुरिरहेको हुन्छु
के‘रु भनेपछि उ फेरि भित्र छिर्छ !

उ अझै पनि मलाई नि हेरिरहेकी हुन्छे !
तपाईं जानुस्, गै हाल्नुस  म कत्तिचोटी भनुँ ‘रु मान्छे हो भने त यतिले पुगिहाल्छ नि १‘
उ जादिन अझै पनि मलाई नि हेरिरहन्छे  मानौं म कुनै जादुको खजना हु, जसलाई उ जिन्दगीमा पहिलोपटक देख्दैछे !र यसैकारणले मुख बाँइ रहेकी छे !

म अन्तिम चुस्की कफि निल्छु  र, ड्याम्म बनाएर कफि कप थचार्छ  कफि कपको आवाजले उ तर्सिन्छे  म उसको उपस्थितिले आफ्नो तानमयको साथ सक्दो बेवास्ता गर्छु !

तपाईं यस्तो पनि हुनुहुन्छ भनेर मैले सोचेकै थिइन ! छ्या‘तपाईं त !तपाईंहरुको जात‘। तपाईंहरुको जातलाई मेरो धिक्कार छ‘। यति भनेर उ रुन थाल्छे !

रोकिएको झरी फेरि पोखिएको छ  प्रकृतिले उदास अनुहार बनाएकी छे !
र‘, उ पनि यतिखेर त्यस्तै अनुहार बनाइरहेकी छे  जस्तो कि इतिहासको क्रिया बसिरहेकि छे उ !
उसको हृदय पहिलोपटक कसैले हृदयवेद गरेको होस् !

८८८

मलाई त्यहाँको माहोल ठिक लाग्दैन !निस्केर हिड्छु ! एक कप कफि, दुइटा सिग्रेट र एउटा पानीको बिल दिन्छ- वैटरले ! तिर्छु !
झरी परिरहेछ १ तर एकदमै बेखुस छु १ कस्तो कस्तो‘नराम्रो जस्तो अनुभव भैरहेछ !
अस्ति मात्रै पढी सिध्धाएको फ्रान्ज काफ्काको मेटामोर्फोसिस सम्झन्छु,‘ ग्रेगोर हु म‘उदास छु !विचलित छु १‘बारबार आफैलाई धिक्कारीरहेछु !

त्यो केटिलाई त्यो सब भन्नु ठिक थियो या थिएन गमिरहन्छु !
तर उ‘रु उ पनि त त्यस्तै थिइ ! जे भने ठिक नै भने‘, यति सोच्दा मात्रै पनि हृदयको अँध्यारो नगरमा कतै एउटा जुनकीरी टिलपिलाए जस्तो हुन्छ !

झरी परेकाले कति खुसी थिए ! कस्तोमज्जा मानीमानि भिजे’थे, ।।कफि पिइरहेथे ! कति खुसी थे‘कति आनन्दसाथ झरिमो उन्मुक्त झंकारहरु हेरि’रहेथे !

बेकाँममा आएर सब फन्डा मेरो देशको झन्डा जस्तै बनाईदिइ  उथलपुथल, लथालिङ्ग , भद्रगोल‘
कहिकी बौलाही  मापाँकी चुडेल १ यसिमा कि बोक्सी‘  आए जति गाली दिदै म रुम तिर लम्किन्छु १गर्हौ पाइला‘त्यहाँमाथी झन भिजेको जुत्ता ‘ मन जस्तै गर्हौ‘दिमाग जस्तै हैरान‘स्थिति मेरो !

***

झ्याल खुल्लै रहेछन् !
बत्ती बाले, पानी खाए ‘ती तमाम कुराहरु, र उस्को अनुहार बारबार आइरहेछ १ मानौं तिनिहरुको अन्त कतै जाने ठाउँ नै छैन !

भिजेको लुगा फेर्छु ‘थ्याच्च बस्छु १‘ जिउ मर्काउछु‘तन्काउछु।।, लामो हाइ गर्छु !
सिग्रेट सल्काउछु,‘ एक सर्को मात्रै तानेर सिल्भर पेपरमा किचिमिची पारिदिन्छु !

भट्टिपसल जस्तो‘अस्तव्यस्त माहोल भित्र पाउँछु आफुलाई !
यसो विछ्याइएको ओछ्यानमा नजर हुत्ताउछ ‘अगि लेख्दालेख्दै छोडेर हिडेको कथाको याद आउँछ !

आफैलाई गाली गर्छु ! कस्तो मुला रहेछु,‘चुपचाप यै बसेर त्यो कथा पूरा गरेको भए पनि हुने ! यतिखेर त लेखेर पनि सकिन्थ्यो‘कत्ती मज्जा हुन्थ्यो १ १०र१२ दिन पहिले एउटा कथा एकै बसाइँमा लेखी भ्याउँदा कति मज्जा भएको थियो।।, सम्झन्छु !
शहरमा झरी के पर्यो,‘ मलाई जान्नेसुन्ने हुन परेको १ खुब रुझ्न जान परेको ! खुब ध्वाँस देखाएर भिज्नुपर्ने !

आफू तिर तान्छु,‘त्यो लेखिरहेको कापी ! कथा अपुरै छ‘ !अब पूरा गर्छु भन्ने मनासयले लेख्न बस्छु !

सरर पढ्छु‘, लेखिएको जत्ती !
जत्ती पढ्दै जान्छु,‘ एकएक शब्द एकएक वाक्य‘ हर एक हरफ,‘हर एक अनुच्छेदले मलाई कमाँउछ १!कन्चट तात्छ १‘निधार भरी पसिना भरी भरी हुन्छ १ हृदय लुगलुग काम्छ ! दिमाग प्रायस् दिमाग शुन्री जस्तै हुन्छ १

यतिखेर म आफुलाई, कामुको श्रापित पात्र सिसिफस जस्तै पाउछु !
घरी भ्यानगगको जिन्दगीसँग दाज्छु,‘ घरी क्लोसारभिकमङ्गा सँग दाज्छु !

आफैलाई आफ्नो स्थितिसँग दया हुन्छ !
पश्चाताप भै’रहन्छस् त्यो कथा एकै बसाइँमा नसकेकोमा १ त्यो केटिलाई त्यत्रो गाली,‘त्यस्तो वेवास्ता गरेकोमा ‘!

भ्यानगगले झै आफ्नै पेटमा बन्दुक हानेर मरु ! हिटलरले जस्तै आफ्नै खोपडीमा आफैले बन्दुक छिराउँ !
आफुलाई हत्तपत्त मार्न तयार हुन्छु म १ भित्ताको सिलिङ तिर नजर फ्याक्छु !
आवश्यक दृश्य नपाँउदा म आँखा चिम्लन्छु १ ‘एक फेर थ्याच्च बस्छु !

पसिनाले जिउँ पुरै भिजीसकेको हुन्छ !

ठ्याक्कै त्यस्तै‘त्यै अनुहार, त्यस्तै हासो।।, तपाईंहरुको त जातै यस्तो।।, तपाईंहरुको जातलाई धिक्कार छ,‘ मेरो मस्तिष्क एकफेर फेरि त्यो केटि र उसँग बिच भएको तमाम संवादहरु दोहाराइरहन्छ

मलाई छुकछुक लागिरहन्छ मैले त्यो कथा पूरा गर्नुपर्ने‘, अगि नै पूरा गर्नुपर्ने १!कत्रो भुल गरे‘त्यो कथा पूरा नगरेर ! कत्रो भुल गरे‘त्यो केटिलाई ती सब भनेर ! मलाई मेरो जातसँग घृणा हुन्छ १ मेरो कामसँग घृणा हुन्छ ! आफुलाई एकदमै क्रुद्ध पाउछु,‘क्रूर पाउछु !

मेरो मनमा पश्चातापको आगो अझै चर्कोसँग बलिरहन्छ !
हुरहुरी बलिरहन्छु‘, म !
ब‘लि‘र‘ह।।न्छु‘, म‘!

***
यत्तिखेर मैले यहाँ भन्नू पर्ने नै हुन्छ,।।त्यो केटि उहीँ थिइ,।। जसलाई मैले जिन्दगीको अप्ठ्यरा नागबेली घुम्टी हिडाउदै नहिडाइ यसै अलपत्र पारिदिएको थिए !
जसलाई मैले सजिला, असजिला,सुन्दर,
कुरुप,सकारात्मक, नकारात्मक, गुलाफी, मनमोहक, अध्यरा, उज्याला नजरासँग मेलमिलाप गराउनु पर्ने थियो !
‘यो दुनियाँकओ राम्रा नराम्रा दुवै पक्ष सँग सङ्गत गराउनु पर्ने थियो !

उसलाई यो संसारका मान्छेहरुसँग रुबरु गराउँदै नगराइ यसै फ्याकीदिए  यसै छाडिदिए‘

मैले उसलाई यस धर्तीमा ल्याउने वाचा गरेको थिए १ उसलाई अमर बनाउने कसम खाएको थिए  यस कुरुप धर्तीमा म उस्को सुन्दरता लेखेर दुनियाँलाई चकित बनाउनेवाला थिएँ !

उ मेरो कथाको नारी पात्र‘,जसलाई मैले बडो प्यारले, बडो स्नेहले लेख्दालेख्दै आफ्नै बेबकुफीको कारण लेख्न छोडेको थिए ! मेरि मेगिना।।, मेगिना अधिकारि !!

प्रतिकृया दिनुहोस्

सम्बन्धित