मुलुकलाई रामेछापले दिएको योगदान कसैले भुल्न सक्दैन : प्रचण्ड | शेयर बजारमा आज सामान्य अङ्कले वृद्धि | वर्तमान सरकार पूरै सहकारीमैत्री छ : प्रधानमन्त्री | करको भार कम गर्न केही प्रणाली सच्याउन आवश्यक छ : मन्त्री आङ्बो | देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न प्रधानमन्त्री ओलीको आग्रह | राष्ट्रियसभा बैठकमा ‘अपराध पीडित संरक्षण विधेयक’ पेश | राष्ट्रियसभा बैठक : बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग | ओली र प्रचण्डले एकसय बढीलाई पार्टी प्रवेश गराए (फोटो फिचर) | ग्लोबल लघुबित्त र एनएमबी बैंकले १५ प्रतिशत बोनस सेयर दिने | मोटरसाईकल र स्कुटी सर्वाधिक जोखिममा, १ वर्षमा १९४ को मृत्यु

बाढीले बगाएकी उष्माको शव चार दिन पछि शुनकोशीमा फेला

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ३, २०७५ Flash News, मुख्य खबर, समाचार
Ushma-Phuyal-Tapaikokhabar

४ दिनदेखि बाढीले बगाएर बेपत्ता रहेकी उष्मा फुयालको शव शुनकोशीमा फेला परेको छ ।

सोमबार विहान भिषण वर्षापछि आएको बाढीले बगाएर वेपत्ता भएकी फुयालको सिन्धुलीको गोलाञ्जोर गाउँपालिका—७ खुर्कोटस्थित सुनकोशी कोशी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिएका छन् ।

कक्षा ११ को वार्षिक परिक्षा दिनको लागि सोमबार बिहान मन्थली उमाविबाट मन्थली नगरपालिका—७ भटौलीमा रहेको रूद्राक्षेश्वर माबि परीक्षा केन्द्रमा कक्षा ११ को परीक्षा दिन ६ जना साथीसँगै गएकी थिइन् ।

थापाका अनुसार फुयालको शवलाई पोष्टमार्टमका लागि रामेछाप सदरमुकाम मन्थली ल्याइएको छ ।

उनीसँगै परीक्षा दिन गएका ६ जनालाई पनि खोलाले बगाएको थियो । उनीसँग खोलाले बगाएका अन्य ६ जना छात्राहरुको भने सकुसल उद्दार गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित