दार्चुलामा भूकम्प गयो | नेकपाका ४४१ केन्द्रीय सदस्य बालुवाटारमा, भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक | नगर प्रमुख र कर्मचरीको विवादले नगरपालिकाको कामकाज ठप्प | बिप्लव समुह राज्य र संविधान विरोधीः गृहमन्त्री थापा | नेविसंघको आमन्त्रित सदस्यमा गुण्डा नाइकेको नाम परेपछि भाँडभौलो | हुकिङ गरी विद्युत चोरी गर्ने २० जना पक्राउ | कसैले रोइकराई गरेको भरमा अहिलेको सरकार ढल्दैन : प्रचण्ड | नेकपाले नै कम्युनिष्टको धरोहर मदन भण्डारीको अपमान गर्याे : विश्वप्रकाश शर्मा | जो दलित समुदायका सान हुन्, सगरमाथाको विजययात्रा | नेकपाको पहिलो बैठक आज, नागरिकतासहित उपस्थित हुन निर्देशन

पार्टी एकतामा नामको समस्या, के भन्छ निर्वाचन आयोग ?

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ३, २०७५ मुख्य खबर, समाचार
bam-flagtapaikokhabar

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकीकृत नयाँ पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेका छन् ।

दुवै दल सम्मिलित एकता संयोजन समितिले नयाँ पार्टीलाई आजै निर्वाचन आयोगमा पनि दर्ता गराउने निर्णय गरिसकेका छन् ।

नेकपा एकता केन्द्र बन्नुअघि नेपालमा दुईवटा मसला सक्रिय थिए । त्यो बेला मसालका पनि दुई रुप थिए । मसालका दुई घटकको नाम पनि मोटो र पातलो राखिएको थियो । मसाल पछि गएर नेकपा एकता केन्द्रमा रुपान्तरण भयो ।

त्यसपछि माओवादी जनयुद्धबाट शान्ति प्रक्रियामा फर्केपछि पनि माओवादीका नाममा धेरैवटा पार्टी सक्रिय भए । त्यसबेला मातृका प्रसाद यादवले पनि नेकपा माओवादी खोलेर सक्रिय भए भने मोहन वैद्यले पनि आफ्नो पार्टीको नाम माओवादी नै राखे ।

तर निर्वाचन प्रक्रियामा सहभागी हुनका लागि समस्या भएपछि कसैले माओवादी क्रान्तिकारी त कसैले माओवादीमा अन्य नामको पुच्छर जोडेर सक्रिय भए ।

निर्वाचन आयोग के भन्छ ?

निर्वाचन आयोगले एउटै नामको दुईवटा पार्टी दर्ता गर्न नसकिने बताए । निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले कानुनी व्यवस्था अनुसार एउटा पार्टी दर्ता भएपछि त्यही नामको अर्को पार्टी दर्ता गर्न नमिल्ने जानकारी दिए ।

‘एउटा पार्टी दर्ता भइसकेको अवस्थामा त्यही नामको पार्टी दर्ता गर्न मिल्दैन र दोहोर्‍‍याउन पनि मिल्दैन’, शर्माले भने, ‘उस्तै नाम परेमा नाम फेरेर भने दर्ता गर्न कुनै अफ्ठेरो हुँदैन ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित