राष्ट्रिय परिचयपत्र वितरण सुरु, पहिलो परिचयपत्र पाउने १०१ वर्षीया भगवतीदेवी | बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको मृत्यु | ‘ए’ डिभिजन लिग फुटबल : सङ्कटाद्वारा जावलाखेल पराजित | राष्ट्रिय वाणिज्य बैंकको चालू आर्थिक वर्षको तीन महीनामा १ अर्ब १२ करोड नाफा | नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा, यी विषयहरुमा छलफल हुने | क्यालिफोर्निया डढेलो: मृत्यु हुनेको संख्या ७७ पुग्यो, ९९३ अझै बेपत्ता | छोरालाई सम्झिएर भावुक हुँदै प्रचण्डले भने, ‘सबैकोे साथले आफ्नो परिवार बिघटन हुनबाट जोगियो’ | प्रतिनिधिसभा अर्थ समितिको बैठक स्थगन | स्वास्थ्यमा समस्या देखिएपछि डा. केसी अस्पताल भर्ना | ‘ए’ डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै
Nepal Mediciti Hospital Ad

एमाले–माओवादीले बनायो नौ सदस्यीय ‘हाइकमाण्ड’

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ३, २०७५ Big News, Flash News, मुख्य खबर, समाचार
samyohan samiti-tapaikokhabar-jpg

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि नयाँ बन्ने पार्टी नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड बन्ने भएको छ । यो पार्टी सञ्चालनमा निर्णायक हुनेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो । विष्णु पौडेल महासचिव बन्ने भएका छन् भने नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने तयारी रहेको स्रोतले बताएको छ ।

हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् । त्यसपछिको वरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् ।

एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय हुनेछ, जसमा एमालेबाट २५ र माओवादीबाट १८ नेता हुनेछन् । यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित