Nepal Mediciti Hospital Ad

अरु पार्टीलाई सरकारमा ल्याउने कुरा गर्दै ओलीले भने ‘अझै हेर्दै जानुस्’

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ३, २०७५ Flash News, मुख्य खबर, समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय मानिसहरूले पार्टी एकताबारे के भएको हो भन्ने नबुझेको आरोप लगाए। एकताबारे भ्रमहरू चलेको उल्लेख गर्दै उनले दुई पार्टीको एकता घोषणाको दिनमा ती सबै भ्रमहरू चिरिएको दाबी गरे।

‘जनमतको हिसाबले बहुसंख्यक जनमत हामीसँग छु, संसदमा आरामदायी बहुमत छु, अन्य पार्टीहरूलाई पनि सरकारमा सहभागी गराउने संकेत गर्दै ओलीले भने, ‘अझै हेर्दै जानुस्, अहिले म धेरै भन्न चाहन्न।’

बिहीबार बिहान बल्खुस्थित मदन स्मृति भवनमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले दुई पार्टीबीचको एकता ‘नेपाल कता जान्छ भन्ने कुराको घोषणा’ भएको तर्क गरे।

प्रतिकृया दिनुहोस्

सम्बन्धित