दार्चुलामा भूकम्प गयो | नेकपाका ४४१ केन्द्रीय सदस्य बालुवाटारमा, भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक | नगर प्रमुख र कर्मचरीको विवादले नगरपालिकाको कामकाज ठप्प | बिप्लव समुह राज्य र संविधान विरोधीः गृहमन्त्री थापा | नेविसंघको आमन्त्रित सदस्यमा गुण्डा नाइकेको नाम परेपछि भाँडभौलो | हुकिङ गरी विद्युत चोरी गर्ने २० जना पक्राउ | कसैले रोइकराई गरेको भरमा अहिलेको सरकार ढल्दैन : प्रचण्ड | नेकपाले नै कम्युनिष्टको धरोहर मदन भण्डारीको अपमान गर्याे : विश्वप्रकाश शर्मा | जो दलित समुदायका सान हुन्, सगरमाथाको विजययात्रा | नेकपाको पहिलो बैठक आज, नागरिकतासहित उपस्थित हुन निर्देशन

प्रधानमन्त्री ओलीले भने- ‘कांग्रेस अब प्रतिस्पर्धी रहेन’

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ३, २०७५ Big News, Flash News, मुख्य खबर, समाचार
Kp-oli_Tapaikokhabar

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस अब आफूहरुको प्रतिस्पर्धी नभएको बताएका छन् ।

मदन आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा ओलीले भने, ‘कांग्रेस अब प्रतिस्पर्धी पार्टी रहेन । सहयोगी पार्टी हो । कांग्रेसलाई पनि साथ लिएर जान चाहन्छौं । कांग्रेसले पनि योगदान गर्छ, गर्नुपर्छ ।’

एमाले र माओवादीको एकतासँगै एकल पार्टीसँग बहुमत र बहुजन (जनता) हुने भन्दै उनले कांग्रेस अब प्रतिस्पर्धी मात्र नभई सहयोगी मात्र हुने बताए ।

केहीलाई अधिनायकवाद ल्याउँछन् कि भन्ने भ्रम रहेको भन्दै प्रधानमन्त्री ओलीले दुई पार्टीको एकता दमनकारी नभएको बताए । उनले भने, शासन गर्न होइन, जनताको सेवा गर्न हो । दमनकारी हुन होइन, विकासकारी हुन हो ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित