दार्चुलामा भूकम्प गयो | नेकपाका ४४१ केन्द्रीय सदस्य बालुवाटारमा, भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक | नगर प्रमुख र कर्मचरीको विवादले नगरपालिकाको कामकाज ठप्प | बिप्लव समुह राज्य र संविधान विरोधीः गृहमन्त्री थापा | नेविसंघको आमन्त्रित सदस्यमा गुण्डा नाइकेको नाम परेपछि भाँडभौलो | हुकिङ गरी विद्युत चोरी गर्ने २० जना पक्राउ | कसैले रोइकराई गरेको भरमा अहिलेको सरकार ढल्दैन : प्रचण्ड | नेकपाले नै कम्युनिष्टको धरोहर मदन भण्डारीको अपमान गर्याे : विश्वप्रकाश शर्मा | जो दलित समुदायका सान हुन्, सगरमाथाको विजययात्रा | नेकपाको पहिलो बैठक आज, नागरिकतासहित उपस्थित हुन निर्देशन

‘आज पार्टी एकता घोषणा हुँदैन’

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ३, २०७५ Flash News, मुख्य खबर, समाचार
kp-oli-prachanda-tapaikokhabar-jpg

नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले बिहीबार पार्टी एकता घोषणा गर्ने वा एकताको मिति चाहिँ घोषणा गर्ने भन्नेमा फरक–फरक प्रतिक्रिया दिएका छन् । एमाले उपाध्यक्ष बामदेव गौतमले बिहीबार नै पार्टी एकता हुने बताएका छन् । बुधबार एमाले सचिव योगेश भट्टराईले केही घण्टामै पार्टी एकता हुने बताएका थिए । तर, एमाले स्थायी कमिटी बैठकले भने जेठ १५ मा बजेट ल्याउनुअघि पार्टी एकता गरिसक्ने निर्णय गरेको छ । उता, माओवादी केन्द्रले बिहीबार नै एमालेसँग पार्टी एकता गर्ने निर्णय गरेको प्रवक्त पम्फा भुसालले बताएकी छन् । तर, माओवादी नेता डोरप्रसाद पौडेलले भने बिहीबार नीतिगत एकतामात्र हुने, सांगठनिक एकता र पार्टी दर्ता गर्न भने केही समय लाग्ने बताए । माओवादीका एक उच्च नेताले बिहीबार पार्टी एकता घोषणा नहुने बताएका छन् । उनका अनुसार पार्टी एकताबारे देखिएको संशय मेटाउन यसअघि बालुवाटारमा गरिएको सात बुँदे सहमतिजस्तै नीतिगत विषयमा मिलिसक्यौँ भन्ने सन्देश दिन पत्रकार सम्मेलनसम्म हुन सक्नेछ । पार्टी एकता संयोजन समिति बैठक विहीबार नै बस्दैछ । त्यसपछि एमालेको केन्द्रीय समिति बैठक र माओवादी केन्द्रको पार्टी कार्यालयको विस्तारित बैठक बस्ने नेताहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित