Nepal Mediciti Hospital Ad

इंग्ल्यान्डले विश्वकपका लागी टोली घोषणा

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ३, २०७५ Flash News, खेलकुद, समाचार
Kane-tapaikokhabar

इंग्ल्यान्ड राष्ट्रिय टोलीका प्रशिक्षक ग्यारेथ साउथगेटले विश्वकपका लागि २३ खेलाडीको टोली घोषणा गरेका छन् ।

२३ खेलाडीको सुचीमा नपर्ने ठूला नाममा आर्सनलका ज्याक विल्शेर र पूर्व नम्बर १ जो हार्ट रहेका छन् । त्यस्तै दुई युवा खेलाडी ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड र रुबेन लफ्टस-चिकले विश्वकप टोलीमा स्थान बनाउन सफल भए ।

इंग्ल्यान्डले जुन १८ मा ट्युनेसिया विरुद्ध आफ्नो विश्वकप अभियान सुरु गर्नु अगाडी जुन २ मा नाइजेरिया र जुन ७ मा कोस्टा रिकासँग मैत्रीपूर्ण खेल खेल्ने छ । समूह ‘जी’मा इंग्ल्यान्ड र ट्युनिसियासहित बेल्जियम र पानामा पनि रहेका छन् ।

इंग्ल्यान्डको २३ सदस्यीय विश्वकप टोली:

गोलकिपर– जोर्डन पिकफोर्ड, ज्याक बटल्यान्ड, निक पोप

डिफेन्डर – कायल वाकर, जोन स्टोन्स, फिल जोन्स, ग्यारी केहिल, केरन ट्रिपियर, ड्यानि रोज, ह्यारी म्याग्वाएर, एस्लि योङ, ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड

मिडफिल्डर – एरिक डायर, जोर्डन हेन्डरसन, जेसे लिन्गार्ड, फाबियन डेल्फ, डेले अल्ली, रुबेन लफ्टस-चिक

फरवार्ड – ह्यारी केन, जेमि भार्डि, रहिम स्टेर्लिङ, मार्कोस रासफोर्ड, ड्यानि वेल्बेक

प्रतिकृया दिनुहोस्

सम्बन्धित