परराष्ट्रमन्त्री ज्ञवाली र सुष्मा स्वराजबीच भेटवार्ता | दोहोरो कर लगाइएको छैन : मन्त्री आङ्बो | नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी | निरपेक्ष गरीब अन्त्य गरेर अगाडि बढ्दैछौँ : अर्थमन्त्री खतिवडा | प्रतिनिधिसभा समितिका सभापतिको निर्वाचन भदौ १७ गते हुने | आजदेखी धुवाँ फाल्ने गाडी चलाउन नपाईने | १८ पटक ग्रामी अवार्ड विजेता अमेरिकी गायिकाको निधन | सिंहदरबार अगाडी नाङ्गै उभिएर बिरोध गर्ने लिम्बु पक्राउ (फोटो फिचर) | स्वरोजगार लघुवित्तको २० प्रतिशत शेयर, सिटि एक्सप्रेशको १६७ प्रतिशत हकप्रद खुल्यो | कलंकीको अण्डरपास आज खुलेन, अझै केही दिन लाग्ने

बझाङमा प्रहरीले ज्यादती गरेको भन्दै कांग्रेसको आक्रोश

तपाईको खबर संवाददाता प्रकाशित : जेठ २, २०७५ Flash News, मुख्य खबर, समाचार
Nepali-Congress-tapaikokhabar

नेपाली कांगेस बझाङले सत्ताको आडमा प्रहरीले न्याय सम्पादन गर्दा पूर्वाग्रही र ज्यादती गरेको भन्दै आक्रोश पोखेको छ । सदरमुकाम चैनपुरमा कांग्रेसका नेता कार्यकर्ताहरु भेला भई सत्तारुढ दलहरुले चुनाबी आक्रोस पोख्न आफ्ना कार्यकर्ता माथि कुटपिट र ज्यादती गरि रहँदा प्रहरी प्रशासनले पीडितलाई न्याय दिनुको साँटो उल्टै प्रहरी हस्तक्षेप गरेको आरोप लगाएको छ ।

सदरमुकाम चैनपुरमा भेला भएको नेता तथा कार्यकर्ताहरुले प्रहरी प्रशासनले न्याय सम्पादन गर्दा निस्पक्ष ढंगले नगरि सत्तारुढ दलका नेताको फोनको आधारमा दोषीलाई उन्मुक्ती दिन प्रहरी प्रसासन सकृय भएर लागेको बताएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै कांगे्रसका जिल्ला शभापती हर्कजंगबहादुर सिहंले कांग्रेसका कार्यकर्ता लाई निसाना बनाई प्रहरी प्रशासनले झुट्टा मुद्घमा फसाउँदै गएको र पीडितलाई न्याय दिनुको सट्टा थप पीडा दिएको आरोप लगाएका छन् ।

कांग्रेस केन्ददेखि प्रदेशमा पूर्णरुपमा प्रतिपक्षमा बसेकाले सत्तारुढ दलहरुले शक्तीको दुरुपयोग गरि चुनावको आक्रोश पोख्न आफ्ना कार्यकर्तालाई निसाना बनाएको आरोप समेत उनले लगाएका छन् ।

ज्ञापन पत्रमा भनिएको छ, दुर्गाथली गाँउपालिका ४ मा दुई पक्षबीच झैझगडा हुँदा सुरुमा आक्रमण गरि झगडाको सुरुवात गर्ने पक्षलाई काँखि च्यापी पिडीत ब्यक्ति उपर मुद्घा चलाई, थुनुवा राखी प्रहरी प्रशासनले नियम र कानुनको ठाडो उल्लंघन गरि अशोभनिय कार्य गरेको छ । साथै पीडित पक्षको निवेदन समेत प्रहरी प्रशासनले दर्ता नगरिदिएको आरोप लगाएको छ । प्रहरीले नेपाली काग्रेसका कार्यकर्ता माथी पूर्वाग्रही हिसावले अनाबस्यक निहु खेजी थुन्ने तथा झुट्टा मुद्घा लगाउने कार्य तत्काल बन्द गर्न आग्रह गरेको छ ।

विवाहकै दिन दुर्गाथली गाँउपालिका ४ का स्थानीयबासी तथा कांग्रेसका कार्यकर्ता यूवराज भण्डारीको भाइको विवाहमा अनावश्यक हमला गरि भण्डारी लाई पिट्दै लखेट्दै स्थानीय गाँउको एक घरमा लुकी बस्दा प्रहरीलाई खबर गरि उद्घार गर्न लगाएको कांग्रेसका नेता सत्यराज भण्डारीले बताएका छन् ।

पीडित पक्ष भन्दा अगाडी पिडक पक्षको निबेदन दर्ता गरि घाईते भई जिल्ला अस्पताल बझाङ बाट रिफर गरि धनगडी लैजादै गरेका यूवराज भण्डारीलाई अनावश्यक रुपमा प्रहरी बिच बाटोबाट ल्याई प्रहरी हिराषतमा राखेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित