ब्रेकिङ न्युज : रुपन्देहीमा गोली चल्यो, एकजना घाइते

तपाईको खबर संवाददाता प्रकाशित : जेठ २, २०७५ Flash News, मुख्य खबर, समाचार

रुपन्देहीको तिलोत्तमा ५ मा अज्ञात समूहले गोली चलाएको छ । तिलोत्तमा नगरपालिका -५ राममणि क्याम्पस नजिकै अज्ञात समुहले रुपन्देहीकै कोटहीमाई ४ घर भएका रामकेश धबलमाथि गोली प्रहार गरेको हो ।

ढाडमा गोली लागेर गम्भीर घाइते धवललाई उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा रिफर गरिएको छ । प्रहरीका अनुसार उनको अवस्था चिन्ताजनक छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित