राष्ट्रिय परिचयपत्र वितरण सुरु, पहिलो परिचयपत्र पाउने १०१ वर्षीया भगवतीदेवी | बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको मृत्यु | ‘ए’ डिभिजन लिग फुटबल : सङ्कटाद्वारा जावलाखेल पराजित | राष्ट्रिय वाणिज्य बैंकको चालू आर्थिक वर्षको तीन महीनामा १ अर्ब १२ करोड नाफा | नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा, यी विषयहरुमा छलफल हुने | क्यालिफोर्निया डढेलो: मृत्यु हुनेको संख्या ७७ पुग्यो, ९९३ अझै बेपत्ता | छोरालाई सम्झिएर भावुक हुँदै प्रचण्डले भने, ‘सबैकोे साथले आफ्नो परिवार बिघटन हुनबाट जोगियो’ | प्रतिनिधिसभा अर्थ समितिको बैठक स्थगन | स्वास्थ्यमा समस्या देखिएपछि डा. केसी अस्पताल भर्ना | ‘ए’ डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै
Nepal Mediciti Hospital Ad

पार्टी एकतालाई लिएर माओवादीमा विवाद

तपाईको खबर संवाददाता प्रकाशित : जेठ २, २०७५ Flash News, मुख्य खबर, समाचार

पार्टी एकता गर्न नहतारिन अध्यक्ष पुष्पकमल दाहाललाई माओवादी नेताहरुले सुझाव दिएका छन् ।

दाहाल निवास खुमलटारमा बुधबार अबेरसम्म बसेको विस्तारित केन्द्रीय समिति बैठकमा नेताहरुले सम्मानजनक स्थान पाउने सुनिश्चित नभइ एकतामा हतारिन नहुने सुझाव दिएका स्रोतको दाबी छ । ‘उधारो सहमतिमा एकता गर्ने र फेरि टुटफुट हुनुभन्दा सुरुमै स्पष्ट भएर एकतामा जानु जायज हुने कुरा अध्यक्ष कम्रेडलाई नेताहरुले सुझाउनुभएको छ ।’ बैठकमा सहभागी एक नेताले भने ।

अध्यक्ष दाहालले भने कार्यकर्तामा पार्टी एकतामा भइरहेको ढिलाइले निराशा छाएको र केही ‘रिस्क’ लिन आफू तयार भएको बताएका थिए ।

तर, नेताहरुले हतारिएर एकता गर्दा आफूहरुको भूमिका गौण हुने र कालान्तरमा भूमिकाविहीन नै हुन सक्ने चेतावनी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित