दार्चुलामा भूकम्प गयो | नेकपाका ४४१ केन्द्रीय सदस्य बालुवाटारमा, भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक | नगर प्रमुख र कर्मचरीको विवादले नगरपालिकाको कामकाज ठप्प | बिप्लव समुह राज्य र संविधान विरोधीः गृहमन्त्री थापा | नेविसंघको आमन्त्रित सदस्यमा गुण्डा नाइकेको नाम परेपछि भाँडभौलो | हुकिङ गरी विद्युत चोरी गर्ने २० जना पक्राउ | कसैले रोइकराई गरेको भरमा अहिलेको सरकार ढल्दैन : प्रचण्ड | नेकपाले नै कम्युनिष्टको धरोहर मदन भण्डारीको अपमान गर्याे : विश्वप्रकाश शर्मा | जो दलित समुदायका सान हुन्, सगरमाथाको विजययात्रा | नेकपाको पहिलो बैठक आज, नागरिकतासहित उपस्थित हुन निर्देशन

बामदेव गौतम भन्छन्, ‘नेपाल कम्युनिष्ट पार्टी हेर्न केही घण्टामात्रै पर्खनुस्’

तपाईको खबर संवाददाता प्रकाशित : जेठ २, २०७५ Flash News, मुख्य खबर, समाचार
Bamdev-Gautam-tapaikokhabar

एमाले र माओवादी केन्द्रबीच बिहीबार पार्टी एकताको घोषणा हुने नेताहरुले बताएका छन् ।

बुधबार अपरान्ह बसेको एमाले स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले विहीबार पार्टी एकता गर्ने सहमति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग गरिएको जानकारी गराएका हुन् । दुई पार्टीबीच बेलुकासम्म एकता घोषणा हुनेगरी बिहीबार विहान पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको एमाले उपाध्यक्ष बामदेव गौतमले जानकार दिए ।

उनले बिहीबार नै एकता हुने र नेपाल कम्युनिष्ट नामको पार्टी पनि दर्ता गरिने दाबी गरेका छन् ।  बैठकमा पार्टी एकता विहाीबार गर्ने अध्यक्ष ओली र दाहालबीचको सहमतिको स्वागत गरिएको छ । पार्टी एकता घोषणा अघि दुवै दलको केन्द्रीय कमिटी बैठकले त्यसलाई अनुमोदन गर्ने कार्यक्रम पनि तय गरिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुनेछ । पार्टी एकता भएपछि ४३ सदस्यीय स्थायी समिति र एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय सदस्यीय केन्द्रीय समिति बनाउने सहमति पनि गरिएको एमाले नेताहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित