मुलुकलाई रामेछापले दिएको योगदान कसैले भुल्न सक्दैन : प्रचण्ड | शेयर बजारमा आज सामान्य अङ्कले वृद्धि | वर्तमान सरकार पूरै सहकारीमैत्री छ : प्रधानमन्त्री | करको भार कम गर्न केही प्रणाली सच्याउन आवश्यक छ : मन्त्री आङ्बो | देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न प्रधानमन्त्री ओलीको आग्रह | राष्ट्रियसभा बैठकमा ‘अपराध पीडित संरक्षण विधेयक’ पेश | राष्ट्रियसभा बैठक : बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग | ओली र प्रचण्डले एकसय बढीलाई पार्टी प्रवेश गराए (फोटो फिचर) | ग्लोबल लघुबित्त र एनएमबी बैंकले १५ प्रतिशत बोनस सेयर दिने | मोटरसाईकल र स्कुटी सर्वाधिक जोखिममा, १ वर्षमा १९४ को मृत्यु

विमलेन्द्र निधीमाथि आरोप लगाउँदै नेपाली कांग्रेस धनुषामा चर्को बिवाद

तपाईको खबर संवाददाता प्रकाशित : जेठ २, २०७५ Flash News, मुख्य खबर, समाचार
congress birodh-tapaikokhabar

नेपाली कांग्रेस धनुषाको अधिवेनमा सहमतिको नाममा जवरजस्ती पदाधिकारी चयन गरेको भन्दै नेपाली कांग्रेसका सदस्य तथा सभापतिका प्रत्यासी रामपल्टन साहले विरोध जनाएका छन ।

साहले वुधवार वेग्लै पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी, केन्द्रीय सदस्यहरु रामकृष्ण यादव, महेन्द्र यादव, आनन्द ढुंगाना र निर्वतमान सभापति रामसरोज यादवले हाउसको जनादेश विपरित जवरदस्ती आफु खुसी गरेर सर्वसहमती भएको घोषणा गरेको आरोप लगाएका छन । उनले हाउसको जनादेश विपरित निर्वाचन अधिकृत ज्ञानेन्द्र रावलले समेत केन्द्रिय नेताको प्रभावमा परेर निर्वाचन परिणाम अलोकतान्त्रिक तरिकाले घोषणा गरेको समेत आरोप लगाएका छन् ।

सभापतिका प्रत्यासी साहले उपसभापतिको मनोनयन सभापति सहितको निर्वाचित कार्यसमितिबाट हुनुपर्नेमा निर्वाचन अधिकृतले अवैधानिक तरिकाले उपसभापतिमा सन्तोष यादवलाई निर्वाचित गरेको र आफूले सहमतिको नाममा पेलेर नजानुपर्ने भन्दै विरोध जनाउँदा पनि जवरजस्ती निर्वाचन घोषणा परिणामको घोर भर्तसना समेत गरेका छन । उनले उपसभापति विमलेन्द्र निधीमाथि आरोप लगाउँदै आफनो उम्मेदवार पराजय हुने सुनिश्चित देखेपछि लोकतान्त्रिक विधिलाई चीर हरण गरेर चरम अधिनायकवादी शैली प्रस्तुत गरेको समेत आरोप लगाएका छन् ।

उनले अधिवेसनमा तत्कालका कार्यसमितिले आफनो कार्यकालको प्रगति प्रतिवेदन पेश गर्नुका साथै भावी योजना, नीति तथा कार्यक्रमहरुको प्रतिवेदन पेश गरेर वन्द शत्रमा व्यापक छलफल हुनुपर्नेमा केही पनि नगरिएको भन्दै भ्रष्टाचारलाई ढाकछोप गर्ने कार्य गरिएकोले पुनः जिल्ला अधिवेसन गराई सम्पुर्ण प्रक्रिया वन्दशत्र वाट पुनः सुचारु गराउन माग समेत गरेका छन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित