दार्चुलामा भूकम्प गयो | नेकपाका ४४१ केन्द्रीय सदस्य बालुवाटारमा, भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक | नगर प्रमुख र कर्मचरीको विवादले नगरपालिकाको कामकाज ठप्प | बिप्लव समुह राज्य र संविधान विरोधीः गृहमन्त्री थापा | नेविसंघको आमन्त्रित सदस्यमा गुण्डा नाइकेको नाम परेपछि भाँडभौलो | हुकिङ गरी विद्युत चोरी गर्ने २० जना पक्राउ | कसैले रोइकराई गरेको भरमा अहिलेको सरकार ढल्दैन : प्रचण्ड | नेकपाले नै कम्युनिष्टको धरोहर मदन भण्डारीको अपमान गर्याे : विश्वप्रकाश शर्मा | जो दलित समुदायका सान हुन्, सगरमाथाको विजययात्रा | नेकपाको पहिलो बैठक आज, नागरिकतासहित उपस्थित हुन निर्देशन

लुट चलचित्रका निर्माता साढे दुई करोड नक्कली नोटसहित पक्राउ

तपाईको खबर संवाददाता प्रकाशित : जेठ २, २०७५ Big News, Flash News, मुख्य खबर, समाचार
madhav wagle-tapaikokhabar

चलचित्र निर्माता तथा वितरण माधव वाग्लेसहित ६ जनालाई प्रहरीले ठूलो परिणााममा नक्कली नोटसहित पक्राउ गरेको छ ।

पक्राउ परेकामा प्रिन्टिङ प्रेस चलाउनेदेखि फिल्म निर्मातासम्म रहेका छन् । उनीहरुलाई दुई करोड साटी लाख त्रिसठ्ठी हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा महेन्द्र बोगटी, सुजित तामाङ, साजन तामाङ, माधवराज वाग्लेले प्रकाश सुवेदी र विकेश नापित छन् ।

प्रहरीले उनीहरुलाई काठमाडौंको कमलपोखरी, ललितपुरको लुभु, चारढुङ्गे, चावहिल, बागबजार र गोंगबु स्थानबाट पक्राउ गरेको हो ।

उनीहरुबाट २ करोड साठ्ठी लाख त्रिसठ्ठी हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन कुमार थापाले जानकारी दिए ।

चारढुङ्गे स्थित प्रिनसेस मुभिज प्रालिका सञ्चालक माधवराज वाग्लेको कोठामा खानतलासी गर्दा १ हजार दरको २ करोड ५२ लाख बरामद गरेको छ ।

वाग्ले चर्चित चलचित्र लुट, लुट–२, छड्के, रेशम फिलिली लगायत चलचित्रका निर्माता तथा वितरक हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित