Nepal Mediciti Hospital Ad

सन्दीप विश्व ११ मा समावेश

तपाईको खबर संवाददाता प्रकाशित : जेठ २, २०७५ Flash News, खेलकुद, समाचार
sandeep-tapaikokhabar

नेपाली युवा स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजलाई सामना गर्ने विश्व ११ टोलीमा समावेश भएका छन्। इङ्ल्याण्डको लर्डस मैदानमा विश्व ११ र वेस्ट इन्डिज टोली च्यारिटी म्याच खेल्दै छन्।

इर्मा र मारिया नाम दिईएको हुरिकेन (आंधिबेरी) ले गतवर्ष वेस्ट इन्डिजमा भत्केको क्रिकेट संरचनाको पुनर्निर्माण गर्ने उद्देश्य सहित मे ३१ (जेष्ठ १७) मा उक्त खेल हुँदैछ। विश्व क्रिकेटका चर्चित अनुहारले भरिएको विश्व ११ ले वेस्ट इन्डिज टोलीको सामना गर्नेछ।

विश्व ११ मा पाकिस्तानका विष्फोटक ब्याट्सम्यान शाहिद अफ्रिदीसँगै शोहेब मलिक र श्रीलंकाका थिसारा परेरा पनि खेल्नेछन्। टोलीको कप्तानी इङ्लिस ब्याट्सम्यान इओन मोर्गानले सम्हाले छन्। त्यस्तै वेस्ट इन्डिज भने कार्लोस ब्राथवेटको कप्तानीमा रहनेछ। डोपिङका कारण १ वर्षयता मैदान बाहिर रहेका एन्ड्रे रसल यस खेलबाट पुनरागमन गर्नेछन्। दुवै टोलीको अन्य सदस्य भने सार्वजनिक हुन बाँकी छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित