दार्चुलामा भूकम्प गयो | नेकपाका ४४१ केन्द्रीय सदस्य बालुवाटारमा, भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक | नगर प्रमुख र कर्मचरीको विवादले नगरपालिकाको कामकाज ठप्प | बिप्लव समुह राज्य र संविधान विरोधीः गृहमन्त्री थापा | नेविसंघको आमन्त्रित सदस्यमा गुण्डा नाइकेको नाम परेपछि भाँडभौलो | हुकिङ गरी विद्युत चोरी गर्ने २० जना पक्राउ | कसैले रोइकराई गरेको भरमा अहिलेको सरकार ढल्दैन : प्रचण्ड | नेकपाले नै कम्युनिष्टको धरोहर मदन भण्डारीको अपमान गर्याे : विश्वप्रकाश शर्मा | जो दलित समुदायका सान हुन्, सगरमाथाको विजययात्रा | नेकपाको पहिलो बैठक आज, नागरिकतासहित उपस्थित हुन निर्देशन

‘महाभारत’ मा यी दुइ खान देखिने भए एकसाथ

तपाईको खबर संवाददाता प्रकाशित : जेठ २, २०७५ फिल्म-संगीत, मनोरञ्जन
aamir salman_tapaikokhabar

आमिर खानले निर्माण गर्ने भनेको अहिले सम्मकै सर्वाधिक महँगो फिल्म ‘महाभारत’ को औपचारिक घोषणा हुनै बाँकी छ । तर, अहिलेदेखि नै फिल्मको चर्चाले बजार तातिरहेको छ ।

यो आमिरको अहिलेसम्मकै महँगो प्रोजेक्ट मानिएको छ । धार्मिक कथामा आधारित भए पनि यसमा उनी बलिउडका नामी हस्तिहरुलाई अभिनय गराउने सुरमा छन् । जसमा पछिल्लोपटक नाम आएको छ, सलमान खानको ।

महाभारतमा श्रीकृष्णको रोलका लागि आमिरले सलमानलाई अफर गरेका छन् । सुरुमा यो रोल आमिर आफैंले गर्ने चर्चा थियो । तर, उनले अब अर्जुनको रोल गर्ने सम्भावना बढेको छ । महाभारत युद्धमा अर्जुनको भूमिका अत्यन्त प्रभावशाली हुने भएकाले उनी त्यसतर्फ आकषिर्त भएका हुन् ।

यता सलमान खान पनि श्रीकृष्णको रोल गर्न लगभग सहमत भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यद्यपि, यी दुईबीच फाइनल कुरा हुन बाँकी छ ।

यति मात्र होइन, महाभारतमा धृतराष्ट्रको भूमिकाका लागि आमिरले अमिताभ बच्चनलाई अफर गरेको बताइएको छ । अमिताभले पनि यो भूमिका स्वीकारिसकेका छैनन् । हाल आमिर र अमिताभ फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा सहकार्य गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित