राष्ट्रिय परिचयपत्र वितरण सुरु, पहिलो परिचयपत्र पाउने १०१ वर्षीया भगवतीदेवी | बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको मृत्यु | ‘ए’ डिभिजन लिग फुटबल : सङ्कटाद्वारा जावलाखेल पराजित | राष्ट्रिय वाणिज्य बैंकको चालू आर्थिक वर्षको तीन महीनामा १ अर्ब १२ करोड नाफा | नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा, यी विषयहरुमा छलफल हुने | क्यालिफोर्निया डढेलो: मृत्यु हुनेको संख्या ७७ पुग्यो, ९९३ अझै बेपत्ता | छोरालाई सम्झिएर भावुक हुँदै प्रचण्डले भने, ‘सबैकोे साथले आफ्नो परिवार बिघटन हुनबाट जोगियो’ | प्रतिनिधिसभा अर्थ समितिको बैठक स्थगन | स्वास्थ्यमा समस्या देखिएपछि डा. केसी अस्पताल भर्ना | ‘ए’ डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै
Nepal Mediciti Hospital Ad

तरकारीमा सिन्डिकेट तोड्दै सरकार

किसानलाई पेन्सन दिने मन्त्री खनालको दाबी

तपाईको खबर संवाददाता प्रकाशित : जेठ २, २०७५ अर्थ, आर्थिक खबर
Chrapani-Khanal-tapaikokhabar

सरकारले तरकारीमा रहेको सिन्डिकेट हटाउने भएको छ । कृषि, भूमिव्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा रहेको सिण्डिकेट आफूले तोडेरै छोड्ने दाबी गरेका छन् । मन्त्री खनानले भने ‘कृषकहरुलाई फाईदा हुनेगरि म कदम चाल्छु, तरकारीमा रहेको सिन्डिकेट अब तोडिन्छ, मंगलबार रिपोर्टर्स क्लबमा भने, ‘कालिमाटी बजार अहिले जुन रुपमा रहेको छ, तीन पुस्तादेखि पुस्ता दर कब्जा गरिएको छ, त्यसलाई उत्पादन जसले गर्छ, त्यही किसानलाई दिने, कृषि मन्त्रालयले अनुदानमा केही गाडी उपलब्ध गराउने, किसानले सिधै पहिलो स्टेसनबाट उठाएर उत्पादनहरु बजारमा ल्याउने गर्नुभयो भने, मलाई लाग्छ २० खरिद उपभोक्ताको ८० र बीचमा रहेको त्यो ४० के गर्ने भन्ने, सिण्किेट हटाउन त हटाउनैपर्छ, तर केही समय लाग्छ, सिण्डिकेट तोड्नैपर्छ ।’

मन्त्री खनालले कृषि क्षेत्रलाई ध्यानमा राखेर ‘किसान पेन्सन’ लगायत केही नयाँ कार्यक्रमहरु ल्याउने पनि उनले खुलासा गरे । उनले भने, ‘किसान पेन्सन दिनुपर्छ, अनुदान दिनुपर्छ, गरिब परिचयपत्रलाई पनि अघि बढाउनुपर्छ, अहिले २६ जिल्लामा वितरण हुँदैछ ।’ उनले सिधै किसानको खातामा जानेगरी पेन्सन पठाउने व्यवस्था गरिने जनाए ।

भारतसँग नेपालको धेरै राम्रो सम्बन्ध रहेको बताउँदै कृषिमा सहकार्य हुने विश्वास दिलाए । उनले भने, ‘भारतमा जस्तो नेपालमा कृषि क्षेत्रको उचाई छैन, भारतको कृषि क्षेत्रमा भएको विकास, किसानलाई दिने अनुदान, व्यवस्थापनको स्तर नेपालमा छैन् ।’ आफू निकट भविष्यमै भारत भ्रमणमा जाने जनाउँदै कृषिसम्बन्धी कार्यक्रमहरु अघि बढाउने मन्त्री खनालले बताए ।

नेपालबाट उत्पादन भएका कृषिजन्य वस्तुहरु जम्मा १२ देखि १३ अर्वकोमात्रै निर्यात हुने तर हामीले झण्डै ११० अर्बको आयात भैरहेको जनाउँदै भारतसँगको व्यापार घाटा घटाउनको लागि कृषिमा नयाँ क्रान्ति गर्न आवश्यक रहेको मन्त्री खनालले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित