मुलुकलाई रामेछापले दिएको योगदान कसैले भुल्न सक्दैन : प्रचण्ड | शेयर बजारमा आज सामान्य अङ्कले वृद्धि | वर्तमान सरकार पूरै सहकारीमैत्री छ : प्रधानमन्त्री | करको भार कम गर्न केही प्रणाली सच्याउन आवश्यक छ : मन्त्री आङ्बो | देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न प्रधानमन्त्री ओलीको आग्रह | राष्ट्रियसभा बैठकमा ‘अपराध पीडित संरक्षण विधेयक’ पेश | राष्ट्रियसभा बैठक : बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग | ओली र प्रचण्डले एकसय बढीलाई पार्टी प्रवेश गराए (फोटो फिचर) | ग्लोबल लघुबित्त र एनएमबी बैंकले १५ प्रतिशत बोनस सेयर दिने | मोटरसाईकल र स्कुटी सर्वाधिक जोखिममा, १ वर्षमा १९४ को मृत्यु

आकासे पुल खस्दा १८ को मृत्यु, डुंगा दुर्घटनामा परि ३० बेपत्ता

तपाईको खबर संवाददाता प्रकाशित : जेठ २, २०७५ अन्तर्राष्ट्रिय, प्रवास, मुख्य खबर, समाचार
aakhashe pull-tapaikokhabar

गोदावरीमा डुंगा दुर्घटना हुँदा करिब ३० जना बेपत्ता भएका छन् ।

भारतको आन्द्र प्रदेशस्थित तीव्र गतिको हावाहुरीका कारण मंगलबार साँझ डुंगा दुर्घटना भएको हो ।

२ महिला र बालबालिकासहित १२ जनालाई उद्धार गरिएको छ । उनीहरुका अनुसार डुंगामा करिब ५५ जना सवार थिए । हराइरहेकाहरुलाई उद्धार टोलीले खोजी गरिरहेको छ ।

गोदावरी नदीमा यस प्रकारका धेरै दुर्घटना हुँदै आएका छन् । केहि दिन अघि पनि यात्रुहरुले भरिएको डुंगामा विद्युत सर्ट भएर आगलागी भएको थियो । तर, सबै ८० यात्रुहरुलाई उद्धार गरिएको थियो ।

त्यस्तै आन्द्र प्रदेशकै वाराणसीमा मंगलबार निर्माणाधीन फ्लाइ ओभर (आकासे पुल) खस्दा १८ जनाको मृत्यु भएको छ । फ्लाइ ओभर खस्दा गाडीहरु किचिएका थिए ।

उत्तर प्रदेश पुल निगमले २ हजार २६१ मिटर लामो यो फ्लाइओभर १२९ करोड भारुमा निर्माण गरिरहेको थियो । फ्लाइओभरको जुन भाग खसेको छ, त्यो तीन महिनाअघि नै निर्माण सम्पन्न भइसकेको थियो । आकासे पुलमाथि राखिएका स्ल्याबलाई जोड्ने काम भइरहेको थियो तर त्यसमुनिबाट गाडि चलाउन रोक लगाइएको थिएन । एजेन्सी

प्रतिकृया दिनुहोस्

सम्बन्धित