Nepal Mediciti Hospital Ad

कोलकताद्वारा राजस्थान ६ विकेटले पराजित

तपाईको खबर संवाददाता प्रकाशित : जेठ २, २०७५ खेलकुद, मुख्य खबर, समाचार
kolkata-tapaikokhabar

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइटराइडर्सद्वारा राजस्थान रोयल्स ६ विकेटले पराजित भएको छ ।

ईडन गार्डनमा राजस्थानले दिएको १४३ रनको लक्ष्य कोलकाताले ४ विकेटको क्षतिमा १८ ओभरमा हासिल गर्‍यो । क्रिस लिनले सबैभन्दा धेरै ४५ र दिनेश कार्तिकले ४१ रन बनाए ।

राजस्थानका बेन स्टोकले ४ ओभरमा १५ रन दिएर ३ विकेट झारे ।

यसअघि टस हारेर व्याटिङ गरेको राजस्थानले ९ ओभरमा १४२ रनमा अलआउट भयो । जोस बटलरले सबैभन्दा धेरै ३९ रन बनाए ।

बलिङतर्फ कोलकाताका कुलदिप यादवले चार विकेट लिए । उनलाई प्लेयर अफ दि म्याच घोषित गरियो ।

यो जितसँगै कोलकाता १४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । जबकी १२ अंकसहित राजस्थान चौथो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित