मुलुकलाई रामेछापले दिएको योगदान कसैले भुल्न सक्दैन : प्रचण्ड | शेयर बजारमा आज सामान्य अङ्कले वृद्धि | वर्तमान सरकार पूरै सहकारीमैत्री छ : प्रधानमन्त्री | करको भार कम गर्न केही प्रणाली सच्याउन आवश्यक छ : मन्त्री आङ्बो | देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न प्रधानमन्त्री ओलीको आग्रह | राष्ट्रियसभा बैठकमा ‘अपराध पीडित संरक्षण विधेयक’ पेश | राष्ट्रियसभा बैठक : बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग | ओली र प्रचण्डले एकसय बढीलाई पार्टी प्रवेश गराए (फोटो फिचर) | ग्लोबल लघुबित्त र एनएमबी बैंकले १५ प्रतिशत बोनस सेयर दिने | मोटरसाईकल र स्कुटी सर्वाधिक जोखिममा, १ वर्षमा १९४ को मृत्यु

यस्ता वृद्ध, जसले बचाए २४ लाख बच्चाको ज्यान

तपाईको खबर संवाददाता प्रकाशित : जेठ १, २०७५ रोचक विचित्र
jems-tapaiko khabar

अष्ट्रेलियामा एकजना यस्ता मानिस छन् जसले अहिलेसम्म २४ लाख बच्चाको ज्यान बचाएका छन् । डाक्टरहरु पनि यी वृद्धलाई भगवानको रुपमा मान्छन् ।

जीवनमा २४ लाख बच्चाको ज्यान कसरी जोगाए त ती वृद्धले भन्ने कुरा सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । वास्तवमा उनले रक्तदान गरेर यतिधेरै बच्चाको ज्यान जोगाएका रिपोर्टहरुमा उल्लेख छ ।

८१ वर्षका जेम्स हेरिसनको रगत निकै विशेष छ । उनको रगतमा यस्तो विशेष तत्व छ कि जुन प्रायः मानिसमा पाइँदैन ।

जेम्सको रगतमा पाइने एन्टीबडीलाई एन्टी डी भनिन्छ । यो एन्टीबडीले गर्भमा बढिरहेको बच्चालाई ब्रेन ड्यामेज तथा अन्य विभिन्न घातक रोगसँग लड्ने शक्ति प्रदान गर्दछ । त्यसैले त्यस्तो रोगको जोखिममा रहेका गर्भावस्थाका बच्चाहरुका लागि उनको रक्तदानबाट उपचार हुने गरेको छ । जसका कारण त्यस्तो रोगबाट मर्ने जोखिममा रहेका लाखौँ बालबालिकाको ज्यान जोगिएको छ ।

पछिल्लो ६० वर्षमा उनले ११७३ पटक रक्तदान गरेका छन् । आफ्नो जीवनमा उनले अहिलेसम्म १२ सय पटक रक्तदान गरे । वृद्धावस्थाका कारण अबचाहिँ उनलाई रक्तदान नगर्न डाक्टरहरुले चेतावनी दिएका छन् । अबदेखि रक्तदान गर्न नपाउने कुराले उनी चिन्तित छन् । -एजेन्सी

प्रतिकृया दिनुहोस्

सम्बन्धित