बागलुङमा श्रीमानको लठ्ठी प्रहारबाट श्रीमतीको मृत्यु | यस वर्षको दशैँको साइत सार्वजनिक | विस्फोटनमा परी अफगानिस्तानमा आठ बालबालिका मारिए | बढ्दै गएको महिला हिंसाको विरोधमा भोलिबाट देशभर आन्दोलन गर्ने | जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर बढी कर लगाउनुपर्छ : मन्त्री पण्डित | जनताको विश्वास र भरोसामा तलमाथि हुन दिइने छैन : प्रधानमन्त्री ओली | सरकारलाई पूर्वमहामन्त्री सिंहको सुझाव, ‘जनताका निम्ति परिणाममुखी काम गर्नुप-यो’ | अमेरिकामा गोली हानी एक नेपालीसहित तीनको हत्या, एक नेपाली घाइते | नेपालमा अश्लील सामग्री तथा पोर्न साइट बन्द गरिँदै | दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, एक घाइते
Nepal Mediciti Hospital Ad

आलिया भट्टको ‘राजी’बक्सअफिसमा हिट, अहिलेसम्मको कलेक्सन एती

तपाईको खबर संवाददाता प्रकाशित : जेठ १, २०७५ फिल्म-संगीत, मनोरञ्जन
alia_tapaikokhabar

एतिबेला बलिउडमा चलचित्र राजीको विशेष चर्चा छ मेघना गुलजारको निर्देशनमा बनेको आलिया भट्ट स्टारर फिल्म ‘राजी’ ले बक्सअफिसमा कमाल गरिरहेको छ । फिल्मले ओपनिङ डेमा ७ करोड ५३ लाख रुपैयाँको कमाई गरेको छ र दोस्रो दिन फिल्मको विजनेशमा झण्डै ५० प्रति शत वृद्धि देखिएको छ ।

यसले दोस्रो दिन ११ करोड ३० लाख कलेक्सन गरेको छ । फिल्मले प्रदर्शनको दुई दिनमा घरेलू बजारबाट मात्र कूल १८ करोड ८३ कमाएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको कमाईको आँकडा ट्वीट गर्दै लेखेका छन्, ‘राजी’ को सानदार प्रदर्शन जारी छ ।

शनिवार फिल्मको विजनेशमा ५०।०७ प्रतिशत वृद्धि भएको छ । सुपर स्ट्रोङ माउथ पब्लिसिटी सुपर स्ट्रोङ बिजनेसमा बदलिएको छ ।’ फिल्मले ओपनिङ विकेन्डमा ३१ करोडको कलेक्सन गर्ने फिल्मी पण्डितहरुको अनुमान छ ।

फिल्ममा आलिया भट्टका अलावा विक्की कौशल, रजित कपूर, जयदीप अहलावत, अमृता खानविलकर र सोनी राजदान मुख्य भूमिकामा छन् । सोनी राजदान रियल लाइफमा आलिया भट्टकी आमा हुन् र उनले फिल्ममा पनि आलियाको आमाको भूमिका निर्वाहा गरेकी छिन् ।

२ घण्टा २० मिनेटको यो फिल्मलाई तरण आदर्शले आफ्नो रिभ्यूमा ४ स्टार दिएका छन् । फिल्मको निर्माण करण जौहरको धर्मा प्रोडक्शन र जंगली पिक्चर्सले गरेको हो । यस फिल्ममा आलिया फरक-फरक भूमिकामा देखिएकी छन् ।

फिल्ममा आलिया एक छोरी, पत्नी र जासूसको भूमिकामा छिन् । यस फिल्मको कहानी १९७१ मा भारत र पाकिस्तानबीच भएको युद्धमा आधारित छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित