मुलुकलाई रामेछापले दिएको योगदान कसैले भुल्न सक्दैन : प्रचण्ड | शेयर बजारमा आज सामान्य अङ्कले वृद्धि | वर्तमान सरकार पूरै सहकारीमैत्री छ : प्रधानमन्त्री | करको भार कम गर्न केही प्रणाली सच्याउन आवश्यक छ : मन्त्री आङ्बो | देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न प्रधानमन्त्री ओलीको आग्रह | राष्ट्रियसभा बैठकमा ‘अपराध पीडित संरक्षण विधेयक’ पेश | राष्ट्रियसभा बैठक : बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग | ओली र प्रचण्डले एकसय बढीलाई पार्टी प्रवेश गराए (फोटो फिचर) | ग्लोबल लघुबित्त र एनएमबी बैंकले १५ प्रतिशत बोनस सेयर दिने | मोटरसाईकल र स्कुटी सर्वाधिक जोखिममा, १ वर्षमा १९४ को मृत्यु

युरोपियन गोल्डेन बुट मेस्सीले जित्ने पक्का

तपाईको खबर संवाददाता प्रकाशित : जेठ १, २०७५ खेलकुद, मुख्य खबर
messi-Tpaikokhabar

बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सीले यस सिजनको युरोपियन गोल्डेन बुट लगभग सुनिश्चित गरेका छन् । १ खेल खेल्न बांकी रहेका मेस्सीको स्पेनिस ला लिगामा ३४ गोल रहेको छ ।

यस साता इंग्लिस प्रिमियर लिगको अन्त्यसँगै दोस्रो स्थानमा रहेका मोहम्मद सालाहले आफ्नो सिजन ३२ गोलमा अन्त्य गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका ह्यारी केन (३० गोल) र चौथो स्थानमा रहेका रोबर्ट लेवान्डोस्की ९२९ गोल० को पनि आ-आफ्नो सिजन अन्त्य भएको छ ।

२९ गोल नै गरेका सिरो इमोबिलको एक खेल बाकीं रहे पनि उनी अन्तिम खेलमा घाइते रहेका छन् । अब २८ गोलमा रहेका मौरो इकार्डीले इन्टर मिलानको अन्तिम खेलमा जादुयी प्रदर्शन गर्दै ७ गोल गरे र मेस्सीले गोल गर्न नसके मात्र मेस्सी यस सिजन गोल्डेन बुटबाट वञ्चित हुने छन् ।

ला लिगाको सर्वाधिक गोलकर्ताले जित्ने पिचिची उपाधि पनि मेस्सीले नै जित्ने पक्का रहेको छ । मेस्सीको प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोको २५ गोल र लुइस स्वारेजको २४ गोल रहेकाले मेस्सीले आउने साता दुई व्यक्तिगत उपाधि सुनिश्चित गर्ने छन् ।

यस सिजन मेस्सीले सबै प्रतियोगितामा ५३ खेल खेल्दै ४५ गोल र १८ असिस्ट गरेका छन् । बार्सिलोनाले ला लिगाको अन्तिम खेलमा आउने साता रियल सोसियडाडसँग भिड्ने छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित