दार्चुलामा भूकम्प गयो | नेकपाका ४४१ केन्द्रीय सदस्य बालुवाटारमा, भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक | नगर प्रमुख र कर्मचरीको विवादले नगरपालिकाको कामकाज ठप्प | बिप्लव समुह राज्य र संविधान विरोधीः गृहमन्त्री थापा | नेविसंघको आमन्त्रित सदस्यमा गुण्डा नाइकेको नाम परेपछि भाँडभौलो | हुकिङ गरी विद्युत चोरी गर्ने २० जना पक्राउ | कसैले रोइकराई गरेको भरमा अहिलेको सरकार ढल्दैन : प्रचण्ड | नेकपाले नै कम्युनिष्टको धरोहर मदन भण्डारीको अपमान गर्याे : विश्वप्रकाश शर्मा | जो दलित समुदायका सान हुन्, सगरमाथाको विजययात्रा | नेकपाको पहिलो बैठक आज, नागरिकतासहित उपस्थित हुन निर्देशन

बैंग्लोरद्वारा पन्जाब १० विकेटले पराजित, कोहलीले तोडे वार्नरको रेकर्ड

तपाईको खबर संवाददाता प्रकाशित : जेठ १, २०७५ खेलकुद, मुख्य खबर, समाचार
birat-tapaikokhabar

इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरद्वारा किंग्स इलाभेन पन्जाब १० विकेटले पराजित भएको छ । पन्जाबले दिएको ८९ रनको झिनो लक्ष्य बैंग्लोरले ८ ओभर १ बलमै भेटाएर जित हासिल गर्‍यो ।

कप्तान विराट कोहलीले ४८ र पार्थिव पटेलले ४० रन बनाए । कोहलीले पाँचौ पटक एकै सिजनमा ५०० रन बनाए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको पन्जाबले १५ ओभर १ बलमा ८८ रनमा अलआउट भएको थियो । आरोन फिन्चले सबैभन्दा धेरै २६ रन बनाए ।

बलिङतर्फ उमेश यादवले तीन विकेट झारे । उनी प्लेयर अफ दि म्याच भए ।

रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीले पन्जाबविरुद्ध ३४ रन बनाउँदै यस सिजनमा आफ्नो ५ सय रन पूरा गरे ।

एक सिजनमा ५०० भन्दा धेरै रन पाँचौपटक बनाउने कोहली पहिलो व्याट्सम्यान हुन् । उनीपछि डेभिड वार्नर दोस्रो स्थानमा छन् । वार्नरले चौथो पटक यो उपलब्धि हासिल गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित