बागलुङमा श्रीमानको लठ्ठी प्रहारबाट श्रीमतीको मृत्यु | यस वर्षको दशैँको साइत सार्वजनिक | विस्फोटनमा परी अफगानिस्तानमा आठ बालबालिका मारिए | बढ्दै गएको महिला हिंसाको विरोधमा भोलिबाट देशभर आन्दोलन गर्ने | जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर बढी कर लगाउनुपर्छ : मन्त्री पण्डित | जनताको विश्वास र भरोसामा तलमाथि हुन दिइने छैन : प्रधानमन्त्री ओली | सरकारलाई पूर्वमहामन्त्री सिंहको सुझाव, ‘जनताका निम्ति परिणाममुखी काम गर्नुप-यो’ | अमेरिकामा गोली हानी एक नेपालीसहित तीनको हत्या, एक नेपाली घाइते | नेपालमा अश्लील सामग्री तथा पोर्न साइट बन्द गरिँदै | दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, एक घाइते
Nepal Mediciti Hospital Ad

यी अभिनेताद्वारा खाए अमिताभ बच्चनले गाली

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख ३१, २०७५ फिल्म-संगीत, मनोरञ्जन
Prakash-Raj-2-tapaikokahabr

बलिउडमा अमिताभ सदाबहार नायक भनेर चिनिन्छन। बच्चन यति सम्मानित छन् कि उनीमाथि नकारात्मक टिप्पणी गर्ने आँट कमैले गर्छन् । तर, पछिल्लो समय एउटा दर्दनाक बलत्कार प्रकरणमा साँधेको मौनताले उनी आलोचित बनिरहेका छन् सो खबर ले संसार भरका मिडिया हरुलाई तताएको छ।

भारतीय अभिनेता प्रकाश राजले अमिताभको नियतमाथि प्रश्न उठाउँदै उनलाई ‘कायर’ संज्ञा दिएका छन् । जम्मु कश्मिरको कठुआमा भएको सामुहिक बलत्कारको बारेमा मौन रहेकाले प्रकाशले उनलाई कायर भनेका छन् ।

कठुवामा सामुहिक बलत्कारपछि ८ वर्षकी बालिकाको हत्या गरिएको थियो । त्यो घटनाले सिंगो भारतलाई तताएको थियो । थुप्रै सेलिब्रिटीहरुले यस घटनाको भत्र्सना गरे । तर, अमिताभले पटक्कै मुख खोलेनन् । जबकि उनी सामाजिक सञ्जालमा अत्यधिक सक्रिय छन् ।

एक ठाउँमा पत्रकारहरुले घेरेर यो घटनाबारे उनको धारणा मागेका थिए । तर, अमिताभले कुनै प्रतिक्रिया दिन चाहेनन् । ‘यस्ता कुरामा प्रतिक्रिया दिन घिन लाग्छ’ भन्दै पन्छिए । अमिताभको यस्तो रवैयाको सामाजिक सञ्जालमा पनि खुबै आलोचना गरिएको थियो ।

प्रकाश राजलाई अमिताभ बच्चनको मौनताबारे एक कार्यक्रममा पत्रकारले प्रश्न गरेका थिए । उनले जवाफ दिए, ‘म उनको धेरै सम्मान गर्छु । तर यो विँषयमा केही पनि नबोल्नु भनेको कायरता हो । अमिताभले यसमा बोल्नैपथ्र्यो ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित