राष्ट्रिय परिचयपत्र वितरण सुरु, पहिलो परिचयपत्र पाउने १०१ वर्षीया भगवतीदेवी | बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको मृत्यु | ‘ए’ डिभिजन लिग फुटबल : सङ्कटाद्वारा जावलाखेल पराजित | राष्ट्रिय वाणिज्य बैंकको चालू आर्थिक वर्षको तीन महीनामा १ अर्ब १२ करोड नाफा | नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा, यी विषयहरुमा छलफल हुने | क्यालिफोर्निया डढेलो: मृत्यु हुनेको संख्या ७७ पुग्यो, ९९३ अझै बेपत्ता | छोरालाई सम्झिएर भावुक हुँदै प्रचण्डले भने, ‘सबैकोे साथले आफ्नो परिवार बिघटन हुनबाट जोगियो’ | प्रतिनिधिसभा अर्थ समितिको बैठक स्थगन | स्वास्थ्यमा समस्या देखिएपछि डा. केसी अस्पताल भर्ना | ‘ए’ डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै
Nepal Mediciti Hospital Ad

करिश्माकी छोरी कबिता चलचित्रमा आउने पक्का

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख ३१, २०७५ फिल्म-संगीत, मनोरञ्जन
kabita-tapaikokhabar

नेपाली चलचित्र क्षेत्रमा अर्की एक कलाकार थपिदै छिन।जो हुन् नायिका करिश्मा मानन्धरकी छोरी कबिता मानन्धर उनि डेब्युलाई लिएर सर्वाधिक चर्चा छ करिश्मा आफनी छोरी चलचित्र क्षेत्रमा आवोस भन्ने चाहाना राखेका करिश्मा र बिनोदले छोरीको डेब्यु आफनै होम प्रडक्सनको चलचित्रबाट होस भन्ने चाहेका थिए । शिब श्रेष्ठको निर्माणमा बन्न लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ बाट उनको डेब्यु पक्का भएको छ ।

। निर्देशक दीपेश सापकोटाका अनुसार चलचित्रमा कबिता नायिकाको रुपमा पक्का भएकी हुन् । उता यही चलचित्रमार्फत शिब श्रेष्ठका छोरा शक्ति श्रेष्ठले पनि डेब्यु गर्देछन् सम्भवत शक्ति र कबिताले यस चलचित्रमा स्क्रिन सेयर गर्नेछन् ।

फिजिकल्ली पनि कबिता अलिक मोटी छिन् त्यसैले अभिनयसंगै उनले फिजिकल मेन्टेन गर्न आवश्यक छ ।यता करिश्मा आफैमा सुन्दरी , सदाबहार नायिका भएकोले पनि कबिता तुलना उनकी आमासंग पनि निश्चितरुपले हुनेछ । शिब श्रेष्ठको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मल्टिस्टारर हुने भएको छ । यही चलचित्रका लागि यसअघि नै प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला फाईनल भईसकेका छन् भने चलचित्रमा शिब श्रेष्ठको पनि अभिनय रहनेछ ।

चलचित्रमा ‘बागमती’का निर्माता दिनेश दर्शनधारी र यशोदा राइको लगानी रहनेछ । शिबको आफनै कथा रहने यस चलचित्रमा समाबेश हुने एउटा गीतका लागि भुवन केसी, करिश्मा मानन्धर, निरुता सिंह लगायतका कलाकारहरु हुने पनि चर्चा चलिरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित