मुलुकलाई रामेछापले दिएको योगदान कसैले भुल्न सक्दैन : प्रचण्ड | शेयर बजारमा आज सामान्य अङ्कले वृद्धि | वर्तमान सरकार पूरै सहकारीमैत्री छ : प्रधानमन्त्री | करको भार कम गर्न केही प्रणाली सच्याउन आवश्यक छ : मन्त्री आङ्बो | देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न प्रधानमन्त्री ओलीको आग्रह | राष्ट्रियसभा बैठकमा ‘अपराध पीडित संरक्षण विधेयक’ पेश | राष्ट्रियसभा बैठक : बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग | ओली र प्रचण्डले एकसय बढीलाई पार्टी प्रवेश गराए (फोटो फिचर) | ग्लोबल लघुबित्त र एनएमबी बैंकले १५ प्रतिशत बोनस सेयर दिने | मोटरसाईकल र स्कुटी सर्वाधिक जोखिममा, १ वर्षमा १९४ को मृत्यु

सेयर किन्नुहुन्छ ? आउँदैछ साढे ८ लाख कित्ता आइपीओ

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख ३१, २०७५ अर्थ, आर्थिक खबर
ipo_Tapaikokhabar

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सोमबारदेखि साधारण सेयर (आईपीओ) जारी गर्दैछ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित दरका ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासन बन्द छिटोमा जेठ ३ गते र ढिलोमा जेठ २९ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम ५० र अधिकतम् ४ हजार २०० कित्ता खरिदका लागि आवेदन दिन पाउने एनआईबीएलले जनाएको छ । कुल निष्कासन मध्ये ३३ हजार ६०० कित्ता कर्मचारी र ४२ हजार कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ ।

आईपीओका लागि एनआईबीएल एसको लाजिम्पाट, रैराङको केन्द्रीय कार्यालय थापाथली दरखास्त दिन सकिने छ ।कम्पनीको स्वामित्वमा धादिङमा ५०० किलोवाटको रैराङ साना जलविद्युत आयोजना २०६१ सालदेखि सञ्चालनमा छ । कम्पनीले हाल ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना आउदो जेठ १ गते सम्पन्न हुने कम्पनीले जनाएको छ ।

कम्पनीको जारीपुँजी ५६ करोड रुपैयाँ रहेको छ । जसमध्ये २५ प्रतिशत सर्वसाधारण र बाँकी ४२ करोड रुपैयाँ संस्थापक लगानी हुने गरी सेयर संरचना तयार पारिएको छ । आयोजनाबाट बिजुली उत्पादन भइनसकेकाले प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ४४ पैसा छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित