राष्ट्रिय परिचयपत्र वितरण सुरु, पहिलो परिचयपत्र पाउने १०१ वर्षीया भगवतीदेवी | बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको मृत्यु | ‘ए’ डिभिजन लिग फुटबल : सङ्कटाद्वारा जावलाखेल पराजित | राष्ट्रिय वाणिज्य बैंकको चालू आर्थिक वर्षको तीन महीनामा १ अर्ब १२ करोड नाफा | नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा, यी विषयहरुमा छलफल हुने | क्यालिफोर्निया डढेलो: मृत्यु हुनेको संख्या ७७ पुग्यो, ९९३ अझै बेपत्ता | छोरालाई सम्झिएर भावुक हुँदै प्रचण्डले भने, ‘सबैकोे साथले आफ्नो परिवार बिघटन हुनबाट जोगियो’ | प्रतिनिधिसभा अर्थ समितिको बैठक स्थगन | स्वास्थ्यमा समस्या देखिएपछि डा. केसी अस्पताल भर्ना | ‘ए’ डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै
Nepal Mediciti Hospital Ad

समृद्धिको यात्रा, एक हजार मेगावाट विद्युत थपिँदै

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख ३१, २०७५ आर्थिक खबर, पत्रपत्रिकाबाट, मुख्य खबर, समाचार
bijuli-tapaikokhabar

विभिन्न जलविद्युत आयोजना सम्पन्न भएपछि यो वर्ष राष्ट्रिय प्रशारण लाइनमा एक हजार मेगावाटभन्दा बढी विजुली थपिने भएको छ ।

सरकारी तीन आयोजनाबाट ५ सय ३० र निजी क्षेत्रका २२ आयोजनाबाट ५ सय मेगावाटभन्दा बढी बिजुली उत्पादन यही वर्ष सुरु हुँदै छ । यसपछि मुलुकको विद्युत् आयोजनाको कुल जडित क्षमता २ हजार मेगावाट पुग्नेछ । आजको कान्तिपुर दैनिकमा खबर छ । मुलुकमा १९६८ मा ४ सय ५० किलोवाटको फर्पिङ आयोजना निर्माण भई विद्युत् उत्पादन सुरु भएको हो । १ सय ७ वर्ष अवधिमा जम्मा ९ सय ९५.५ मेगावाट मात्र जलविद्युत् उत्पादन सम्भव भएको हो ।

यति लामो अवधिमा जति बिजुली उत्पादन भएको थियो, त्योभन्दा बढी अबको एक वर्षमै उत्पादन हुने जानकारी स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंले दिए । ‘निजी क्षेत्रका आयोजनाको कुल विद्युत् उत्पादन क्षमता ५ सय मेगावाट पुगिसकेको छ ।

अहिले निजी क्षेत्रले कुल २५ सय मेगावाट उत्पादन क्षमता भएका विद्युत् आयोजनाहरू निर्माण गरिरहेका छन् ।’ उनले भने, ‘अब एक वर्षमा निजी क्षेत्र र सरकारी आयोजनाबाट १ हजारभन्दा बढी मेगावाट बिजुली उत्पादन थपिनेछ ।’ उनका अनुसार एक वर्षमा निजी क्षेत्रको उत्पादन मात्रै १ हजार मेगावाटभन्दा बढी पुग्नेछ । ‘१ सय ७ वर्षमा मुलुकले जति बिजुली उत्पादन गर्न सक्यो, त्यति नै बिजुली अबको एक वर्षमै थपिनेछ,’ गुरागाईंले भने । मुलुकमा बर्से्नि करिब सय मेगावाट बिजुलीको माग बढ्छ । २०७४ मा मुलुकको केन्द्रीय विद्युत् प्रणालीमा सय मेगावाट बिजुली थपिएको थियो ।

गत वर्ष स्वदेशी निजी क्षेत्रका ११ आयोजनाबाट ७० र विद्युत् प्राधिकरणको चमेलिया जलविद्युत् आयोजनाबाट ३० गरी एक सय मेगावाट थपिएको हो । यस वर्ष अघिल्लो वर्षको तुलनाको १० गुणाभन्दा बढी बिजुली उत्पादन सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित