मुलुकलाई रामेछापले दिएको योगदान कसैले भुल्न सक्दैन : प्रचण्ड | शेयर बजारमा आज सामान्य अङ्कले वृद्धि | वर्तमान सरकार पूरै सहकारीमैत्री छ : प्रधानमन्त्री | करको भार कम गर्न केही प्रणाली सच्याउन आवश्यक छ : मन्त्री आङ्बो | देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न प्रधानमन्त्री ओलीको आग्रह | राष्ट्रियसभा बैठकमा ‘अपराध पीडित संरक्षण विधेयक’ पेश | राष्ट्रियसभा बैठक : बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग | ओली र प्रचण्डले एकसय बढीलाई पार्टी प्रवेश गराए (फोटो फिचर) | ग्लोबल लघुबित्त र एनएमबी बैंकले १५ प्रतिशत बोनस सेयर दिने | मोटरसाईकल र स्कुटी सर्वाधिक जोखिममा, १ वर्षमा १९४ को मृत्यु

टेलिकमको ९ महिनामै ११ अर्ब ८५ करोड नाफा

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख ३०, २०७५ आर्थिक खबर, समाचार

नेपाल टेलिकमले चालु वर्षको ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार हजार रुपैयाँ नाफा गरेको छ । नाफा गत वर्षको तुलनामा ४ दशमलव ७२ प्रतिशतले  बढी हो ।

टेलिकमले गत वर्ष यही अवधिमा ११ अर्ब ३२ करोड १८ लाख १९ हजार रुपैयाँ मुनाफा गरेको थियो ।

कम्पनीले साउनदेखि चैत मसान्तसम्म ३३ अर्ब ८५ करोड ३२ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ । यस पटक गत वर्ष भन्दा ३ प्रतिशत बढी आम्दानी भएको छ ।

समीक्षा अवधिमा कम्पनीले सेवा बिक्रीबाट रु २९ अर्ब ३९ करोड २१ लाख ३७ हजार र अन्यबाट ४अर्ब ४६ करोड ११ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ ।

गत वर्ष यही अवधिमा कम्पनीको सेवा बिक्रीबाट २९ अर्ब ७४ करोड ९४ लाख ६३ हजार र अन्यबाट ३ अर्ब ११ करोड ९४ लाख ५४ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको चुक्ता पूँजी रु १५ अर्ब छ ।

जगेडा कोषमा ७९ अर्ब ६९ करोड पाँच लाख १५ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रति शेयर आम्दानी १ सय ५ रुपैयाँ ३९ पैसा छ । सेवाग्राहीको चाहना भ्वाइस भन्दा डाटा सेवातिर बढिरहेको देखिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित