दार्चुलामा भूकम्प गयो | नेकपाका ४४१ केन्द्रीय सदस्य बालुवाटारमा, भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक | नगर प्रमुख र कर्मचरीको विवादले नगरपालिकाको कामकाज ठप्प | बिप्लव समुह राज्य र संविधान विरोधीः गृहमन्त्री थापा | नेविसंघको आमन्त्रित सदस्यमा गुण्डा नाइकेको नाम परेपछि भाँडभौलो | हुकिङ गरी विद्युत चोरी गर्ने २० जना पक्राउ | कसैले रोइकराई गरेको भरमा अहिलेको सरकार ढल्दैन : प्रचण्ड | नेकपाले नै कम्युनिष्टको धरोहर मदन भण्डारीको अपमान गर्याे : विश्वप्रकाश शर्मा | जो दलित समुदायका सान हुन्, सगरमाथाको विजययात्रा | नेकपाको पहिलो बैठक आज, नागरिकतासहित उपस्थित हुन निर्देशन

चश्मामै भिडियो क्यामरा !

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख २९, २०७५ रोचक विचित्र
chasma-tapaikokhabar

फोटो र भिडियो खिच्न मिल्ने गरि चश्मामै क्यामरा भएको चश्मा विक्री वितरण सुरु भएको छ । ‘स्न्याप’ नामक कम्पनीले अघिल्लो २६ अप्रिलमा उक्त चश्माको बिक्री वितरण सुरु गरेको हो ।

उक्त चश्मा साना क्लिप्सहरु खिच्न र त्यसलाई स्मार्टफोनमा हालेर हेर्न सकिन्छ । ‘टेकन्युज वर्लड’ का अनुसार ‘स्पेक्ट्याकल्स स्पोर्ट’ नाम दिइएको उक्त चश्मामा ‘रे–बन’को जस्तै डिजाइन गरिएको छ । पातलो, हलुको र लगाउन पनि सजिलो यो चश्मा फेशनेवल पनि छ । यसलाई एउटा ‘वेयरेवल भिडियो क्यामेरा’ डिभाईस भन्न सकिन्छ ।

यस चश्मामा रहेको बटमलाई थिचेर १० सेकेण्ड सम्मको भिडियो र केही सेकेण्ड अझ थिचेर फोटो पनि खिच्न सकिन्छ । यसलाई दुई या तीन पटक थिचेर २०–३० सेकेण्डको भिडियो क्याच गर्न सकिन्छ ।

यसबाट खिचिएको फोटो र भिडियो उच्च कोटीको हुने गरेको दाबी कम्पनीको छ । फोटोको रिजोल्युशन १६४२ गुणा १६४२ र भिडियो रिजोल्युसन १२१६ गुणा १२१६ रहेको छ । यति मात्रै हैन, यसमा सेकेण्ड माइक्रोफोन पनि जडान गरिएको छ ।

चश्माबाट भिडियो खिच्दा, निस्किने आवाज या गरिने कुराकानीलाई रेकर्ड गर्न माइक्रोफोन जडान गरिएको कम्पनीले जनाएको छ । यो चश्मा लगाएपछि मानिसको आवाज पनि सजिलै सुन्न सकिन्छ ।

कम्पनीका अनुसार यो चश्मामा जडित क्यामेरा डिभाइसलाई एक पटक चार्ज गरेपछि ७० वटा भिडियो खिच्न र त्यसलाई फोनमा ट्रान्सफर गर्न सकिन्छ । स्पेक्ट्याल्स’को केस९बटटा०लाई जार्चर डिभाइसको रुपमा उपयोग गर्न सकिने प्रविधि जडान गरिएको छ । यो पानीले नभिज्नेगरि बनाइएको छ ।
-एजेन्सी

प्रतिकृया दिनुहोस्

सम्बन्धित