चिकित्सा शिक्षा विधेयकमा सहमति नजुटेपछि संसद बैठक ११ गतेसम्मका लागि स्थगित | विमानस्थल निर्माणमा सरकारले सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रधानमन्त्री प्रतिबद्धता | शिक्षामन्त्री भन्छन्, ‘चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न सकिन्छ तर फिर्ता हुँदैन’ | सेवा सूचारु गराउन माग गर्दै वीर अस्पतालमा प्रर्दशन, उपचारमा नर्फकिए आन्दोलन गर्ने चेतावनी | जुम्लामा डा.केसीका समर्थकमाथि प्रहरीको लाठी चार्ज, दर्जन भन्दा बढी घाइते | डा. केसीद्वारा काठमाडौं आउन अस्वीकार, समर्थहरुको प्रदर्शन भएपछि मुख्यमन्त्रीको टोली फर्किए | स्वयम्भूमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु | रेष्टुराँमा आगलागी हुँदा ६० लाखको क्षति | देशभरका सरकारी अस्पतालमा डाक्टरको हडताल, आकस्मिक बाहेकका सेवा बन्द | प्रतिनिधिसभाको बैठक आज बस्दै, चिकित्सा शिक्षा विधेयक पेश गर्ने तयारी

नियम तोडेको भन्दै भारतबाटै आयो मोदीलाई यस्तो चेतावनी

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख २९, २०७५ Flash News, मुख्य खबर, समाचार
vajapa-tapaikokhabar

भारतको कर्नाटकमा विधानसभा चुनावका लागि शनिबार मतदान भइरहेको छ । तीन महिना लामो चुनावी अभियानपछि शनिबार कर्नाटकको २२४ मध्ये २२२ विधानसभा सिटका लागि मतदान भइरहेको हो ।

कर्नाटकमा अहिले सत्तामा रहेको कांग्रेस आइ र भारतीय जनता पार्टी (भाजपा) बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । तर पूर्व प्रधानमन्त्री एचडी देवी गोवदाको जेडी (एस) ले नतिजामा परिवर्तनकारी भूमिका खेल्ने विश्लेषण गरिएको छ । कर्नाटकमा सन् १९८५ देखि कुनै पनि पार्टीले लगातार दोस्रो कार्यकालका लागि चुनाव जितेका छैनन् । तर चुनाव अघि भएका अधिकांश मतसर्वेक्षणले झिनो मतअन्तरले कांग्रेस विजयी हुने देखाएका छन् ।

कांग्रेसलाई केन्द्रमा सत्तामा रहेको भाजपाले कडा चुनौती दिने देखिएको छ । झण्डै पाँच करोड मतदाताले २६०० भन्दा बढी उम्मेदवारबाट आफ्नो प्रतिनिधि चयनका लागि मतदान गर्दै छन् । चुनावका लागि ५५ हजार ६ सय मतदान केन्द्र तोकिएको छ । यो चुनावलाई आउँदो वर्ष हुने लोकसभा चुनावको तयारीका रुपमा पनि लिइएको छ । चुनाव प्रचारप्रसारका लागि कांग्रेसका अध्यक्ष राहुल गान्धी तथा भाजपाको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदी नै सक्रिय भएका थिए । दक्षिण भारतका लागि कर्नाटक भाजपाको प्रवेशद्वार बन्ने भाजपा अध्यक्ष अमित शाहले बताएका छन् ।

भाजपाले सन् २००८ देखि २०१३ सम्म कर्नाटकमा सत्ता सम्हालेको थियो । तर कांग्रेस नेता तथा कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले पार्टीले इतिहास बनाउने र फेरि पनि सत्तामा आउने बताएका छन् । कर्नाटकको एक सिटमा भाजपा उम्मेदवारको निधन तथा अर्को सिटमा मतदाता परिचयपत्रमा देखिएको विवादका कारण शनिबार मतदान भएको छैन ।

चुनावको अघिल्लो दिन प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार नेपाल भ्रमणमा आए । उता कांग्रेस अध्यक्ष राहुल गान्धीले मोदीमाथि आक्रामक भाषण गरे । मोदीले कर्नाटकका नागरिकलाई भ्रममा पारेको आरोप गान्धीले लगाएका छन् । मोदीले चुनावी र्यालीमा जनताको मुद्दामा कम आफूमाथि आरोप लगाउनमा समय खर्चेको गान्धीको आरोप छ ।

चुनावअघि भएको पत्रकार सम्मेलनमा कांग्रेस अध्यक्ष गान्धीले भाजपाले हिन्दु शब्दको अर्थ नै नबुझेको बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित