Nepal Mediciti Hospital Ad

मोदीलाई स्वागत गर्न नयाँ ‘गेट अप’मा पुगे ओली

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख २८, २०७५ Big News, Flash News, मुख्य खबर, समाचार
kp-oli-tapaikokhabar

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदै छन् । प्रधानमन्त्री केपी शर्मा ओली मोदीलाई स्वागत गर्न जनकपुरस्थित जानकी मन्दिर पुगेका छन् । संघीय प्रहरी कार्यालय हेलिकोप्टर अवतरण गरेर मन्दिर पुगेका ओलीलाई महन्थले माला लगाएर स्वागत गरेका छन् ।

केहीबेरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि जनकपुर आइपुग्दै छन् । मन्दिरमा मोदीलाई प्रधानमन्त्री ओलीले स्वागत गर्नेछन् ।

जानकी मन्दिरमा पुग्दा प्रधानमन्त्री ओली नयाँ ‘गेट अप’मा देखिएका छन् ।

सधै दौरा सुरुवालमा देखिने ओली आज कुर्ता, पाइजामा र गम्छा भिरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित