बागलुङमा श्रीमानको लठ्ठी प्रहारबाट श्रीमतीको मृत्यु | यस वर्षको दशैँको साइत सार्वजनिक | विस्फोटनमा परी अफगानिस्तानमा आठ बालबालिका मारिए | बढ्दै गएको महिला हिंसाको विरोधमा भोलिबाट देशभर आन्दोलन गर्ने | जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर बढी कर लगाउनुपर्छ : मन्त्री पण्डित | जनताको विश्वास र भरोसामा तलमाथि हुन दिइने छैन : प्रधानमन्त्री ओली | सरकारलाई पूर्वमहामन्त्री सिंहको सुझाव, ‘जनताका निम्ति परिणाममुखी काम गर्नुप-यो’ | अमेरिकामा गोली हानी एक नेपालीसहित तीनको हत्या, एक नेपाली घाइते | नेपालमा अश्लील सामग्री तथा पोर्न साइट बन्द गरिँदै | दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, एक घाइते
Nepal Mediciti Hospital Ad

मोदी, मापसे र माया

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख २८, २०७५ कला खबर, कविता, गजल, साहित्य
narayan_tapaikokhabar

उमेर न यौवन… दिलको खेलो …काम छैन !
भर्खर पसाएको केरा… पहेँलो …काम छैन !

नहुनु मामाभन्दा कोनि को जाती भन्छन् …परन्तु,
जवानीको साथी …त्यो पनि झट्केलो …काम छैन !

यार कता …प्यार कता… गफ्फिएको देख्छु मान्छे,
बिनासित्ती मचाइने हाइहेलो … काम छैन !

कवि, कलाकार, राजनीतिकर्मी जति कुर्ले पनि,
बुढेस्कालको प्रेमी मोदीको चेलो …काम छैन !

मापसे भन्याछ …मोजमस्ती भन्याछ, ए नारान,
मायालुको शङ्का …सधैँको अर्घेलो …काम छैन !

नारायण नेपाल 

प्रतिकृया दिनुहोस्

सम्बन्धित