चिकित्सा शिक्षा विधेयकमा सहमति नजुटेपछि संसद बैठक ११ गतेसम्मका लागि स्थगित | विमानस्थल निर्माणमा सरकारले सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रधानमन्त्री प्रतिबद्धता | शिक्षामन्त्री भन्छन्, ‘चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न सकिन्छ तर फिर्ता हुँदैन’ | सेवा सूचारु गराउन माग गर्दै वीर अस्पतालमा प्रर्दशन, उपचारमा नर्फकिए आन्दोलन गर्ने चेतावनी | जुम्लामा डा.केसीका समर्थकमाथि प्रहरीको लाठी चार्ज, दर्जन भन्दा बढी घाइते | डा. केसीद्वारा काठमाडौं आउन अस्वीकार, समर्थहरुको प्रदर्शन भएपछि मुख्यमन्त्रीको टोली फर्किए | स्वयम्भूमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु | रेष्टुराँमा आगलागी हुँदा ६० लाखको क्षति | देशभरका सरकारी अस्पतालमा डाक्टरको हडताल, आकस्मिक बाहेकका सेवा बन्द | प्रतिनिधिसभाको बैठक आज बस्दै, चिकित्सा शिक्षा विधेयक पेश गर्ने तयारी

ए सरकार ! तँ हुईकिरेको सडक छेउको धुलाम्य पेटीमा

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख २८, २०७५ कला खबर, कविता, साहित्य
rasik-raj-tapaikokhabar-jpg

कबिता -रसिक राज

ए-सरकार।
****

ए सरकार!!!
बेवास्ताको पर्दा उठाएर बाहिर हेर त
तँ हुईकिरेको सडक..छेउको धुलाम्य पेटीमा

कुपोसित बच्चा..बच्चा काखी च्यापेर हिडेका आमाहरु
सगरमाथा बोकेका कापी..कापी बोकेका नानीहरु
नाम्लोका डोबहरु,डोब बोकेका निधारहरु
निधारका पसिनाहरु,पसिनाले भिजेका पिताहरु

यिनै हुन तेरा जनताका अनुहारहरु..
अनुहारहरु,,,जो बस शान्तिपूर्ण मुस्कुराउन चाहन्छन्।

ए सरकार!!!
बेसर्मीको चस्मा फ्याकेर हेर त
तँ हुईकिरेको सडक..छेउको धुलाम्य पेटीमा……..

कुकुर डोराउदै पेट घटाउन दौडिरहेकाहरु
झोला भिरेर रहर रसपना समाउन हिडेकाहरु
बारुद जस्तो छाति बोकेका सिपाईहरु
पासपोर्ट देब्रे खल्तीमा राखेर भोक मेटाउन हिडेका जमातहरु
यिनै हुन सयौ फुलका थुङ्गाहरु
थुङ्गाहरु जो एउटै माला बन्न चाहन्छन्।

ए!! सरकार!!!
यति भनिदे,
यो सब केही नदेखे झै गरी
तँ त्यो रातो बृफकेशमा देश कोचेर कहाँ जादैछस् रफ्तारमा???

रसिक राज

प्रतिकृया दिनुहोस्

सम्बन्धित