राष्ट्रिय परिचयपत्र वितरण सुरु, पहिलो परिचयपत्र पाउने १०१ वर्षीया भगवतीदेवी | बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको मृत्यु | ‘ए’ डिभिजन लिग फुटबल : सङ्कटाद्वारा जावलाखेल पराजित | राष्ट्रिय वाणिज्य बैंकको चालू आर्थिक वर्षको तीन महीनामा १ अर्ब १२ करोड नाफा | नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा, यी विषयहरुमा छलफल हुने | क्यालिफोर्निया डढेलो: मृत्यु हुनेको संख्या ७७ पुग्यो, ९९३ अझै बेपत्ता | छोरालाई सम्झिएर भावुक हुँदै प्रचण्डले भने, ‘सबैकोे साथले आफ्नो परिवार बिघटन हुनबाट जोगियो’ | प्रतिनिधिसभा अर्थ समितिको बैठक स्थगन | स्वास्थ्यमा समस्या देखिएपछि डा. केसी अस्पताल भर्ना | ‘ए’ डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै
Nepal Mediciti Hospital Ad

विश्वमै पहिलोपटक रोबोटद्वारा मान्छेको शल्यक्रिया

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख २७, २०७५ रोचक विचित्र
robotss-tapaiko khabar

अमेरिकामा एकजना क्यान्सर रोगीको रोबोटद्वारा दुर्लभ शल्यक्रिया सम्पन्न भएको छ । उक्त शल्यक्रिया विश्वमै रोबोटद्वारा गरिएको पहिलो शल्यक्रिया हो ।

वास्तवमा उक्त रोबोटले शल्यक्रियाका क्रममा एकजना डाक्टरको सहयोगी शल्यचिकित्सकको रुपमा सक्रियतापूर्वक काम गरेको हो । एक जना मान्छे डाक्टर र एकजना रोबोट डाक्टरको टिमले बिरामीको गर्धनमा रहेको दुर्लभ प्रकारको ट्युमर सफलतापूर्वक निकालेका छन् ।

अमेरिकाका नोआ पर्निकफ नामका २७ वर्षीय युवक क्यान्सरबाट ग्रस्त थिए । उनलाई उपचारका लागि पेन्सिल्भेनिया विश्वविद्यालय अस्प्तालमा भर्ना गरिएको थियो। उक्त अस्पतालमा उनको दुर्लभ रोगको दुर्लभ तरिकाले नै सफल शल्यक्रिया भएको थियो । उक्त शल्यक्रिया अपरेशन थिएटरमा रोबोटले गरेको पहिलो शल्यक्रिया हो ।

तीन चरणमा गरिएको शल्यक्रिया अन्तर्गत दोश्रो चरणमा रोबोटको प्रयोग गरिएको थियो । डाक्टर नील मलहोत्राले शल्यक्रियाको अगुवाई गरेका थिए । अहिले पर्निकफको स्वास्थ्य ठीक भएको र उनी काममा फर्किसकेको बताइएको छ ।

-एजेन्सी

प्रतिकृया दिनुहोस्

सम्बन्धित