मुलुकलाई रामेछापले दिएको योगदान कसैले भुल्न सक्दैन : प्रचण्ड | शेयर बजारमा आज सामान्य अङ्कले वृद्धि | वर्तमान सरकार पूरै सहकारीमैत्री छ : प्रधानमन्त्री | करको भार कम गर्न केही प्रणाली सच्याउन आवश्यक छ : मन्त्री आङ्बो | देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न प्रधानमन्त्री ओलीको आग्रह | राष्ट्रियसभा बैठकमा ‘अपराध पीडित संरक्षण विधेयक’ पेश | राष्ट्रियसभा बैठक : बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग | ओली र प्रचण्डले एकसय बढीलाई पार्टी प्रवेश गराए (फोटो फिचर) | ग्लोबल लघुबित्त र एनएमबी बैंकले १५ प्रतिशत बोनस सेयर दिने | मोटरसाईकल र स्कुटी सर्वाधिक जोखिममा, १ वर्षमा १९४ को मृत्यु

कहाँ छ साढे ३३ किलो सुन? सनमकी गर्लफ्रेण्डले खोलीन् यस्तो रहस्य

सुन लुटिने सूचना गोरेले पाइसकेका थिए

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख २१, २०७५ Big News, Flash News, मुख्य खबर, समाचार
gare-tapiakokhabar

प्रहरी अधिकारी र विमानस्थलका कर्मचारीसँगको सेटिङमा ४ वर्षमा सहजै करिब ३८ क्वीन्टल सुन तस्करी अहिले रहस्यमय घटना बनेको छ ।

तस्करीको साढे ३३ किलो सुन गायब भएपछि दोस्रो शिकार बनेका थिए, उर्लाबारीका सनम शाक्य । उनी सुन तस्करीका नाइके मोस्टवान्टेड चुडामणि उप्रेती ‘गोरे’ का भरिया र सुनको हिसाबकिताब राख्ने एकाउन्टेन्ट समेत थिए ।

आखिर कहाँ गयो त सुन ?

९ माघमा यूएईबाट रोहित आचार्य र टेकबहादुर मल्लले नेपाल ल्याएका थिए, सुनका १२ वटा विस्कुट । जुन साढे ३३ किलोको थियो ।

विमानस्थलबाट अनामनगरमा रहेको गोरेको अड्डासम्म सुन पुर्‍याउने जिम्मेवारी विमानस्थलका कर्मचारी सानु वनले पाएका थिए ।

वनसहित तक्ले भनिने पुन्यप्रसाद लामाले विमानस्थलबाट सुन बाहिर निकालेका थिए ।

तर, अनामनगर आइपुगेपछि मोटरसाइकलमा आएको अज्ञात समूहले उनीहरुबाट सुन लुटेका थिए । र, गोरे समूहका व्यक्तिको दबाव सहन नसकेर वनले विमानस्थल परिसरमै आत्महत्या गरे ।

सनमकी गर्लफ्रेन्ड भन्छिन्- सनमलाई ३ जनाले लुट्ने योजना थियो

यसैबीच, सनमकी प्रेमिका निशा सेन ठकुरीले भने शाक्यलाई ३ जनाले लुट्ने योजना बनाएको बताएकी छन् । प्रहरी हिरासतमा रहेकी ठकुरीले बयानका क्रममा रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामा मिलेर सनमहरुलाई लुट्ने योजना बनाएको खुलासा गरेकी छन् ।

उनलाई रोशनले सञ्जेलसँग चिनजान गराएका थिए । पछि सञ्जेलले नै त्यो योजनाबारे नाइके चुडामणि उप्रेती ‘गोरे’लाई दिएको उनले बयान दिएकी छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित