दार्चुलामा भूकम्प गयो | नेकपाका ४४१ केन्द्रीय सदस्य बालुवाटारमा, भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक | नगर प्रमुख र कर्मचरीको विवादले नगरपालिकाको कामकाज ठप्प | बिप्लव समुह राज्य र संविधान विरोधीः गृहमन्त्री थापा | नेविसंघको आमन्त्रित सदस्यमा गुण्डा नाइकेको नाम परेपछि भाँडभौलो | हुकिङ गरी विद्युत चोरी गर्ने २० जना पक्राउ | कसैले रोइकराई गरेको भरमा अहिलेको सरकार ढल्दैन : प्रचण्ड | नेकपाले नै कम्युनिष्टको धरोहर मदन भण्डारीको अपमान गर्याे : विश्वप्रकाश शर्मा | जो दलित समुदायका सान हुन्, सगरमाथाको विजययात्रा | नेकपाको पहिलो बैठक आज, नागरिकतासहित उपस्थित हुन निर्देशन

‘आइब्रो र थ्रेडिङ’ले सजिएको आँखाहरु भन्दा

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख २१, २०७५ कला खबर, कविता, साहित्य
sailun-tapaikokhabar-jpg

कबिता

ती आँखाकालयहरुमा
***

-आइब्रो र थ्रेडिङले
सजिएको आँखाहरु भन्दा
प्राकृतिक आँखाहरु नै मनपर्छ।

मलाइ ती आँखाहरु मनपर्छ।
जो मलाइ राम्रो देख्छ्न
मलाइ ती आँखाहरु मनपर्छ,
जो मरो खातिर हेरिरहन्छ्न।

यथार्थमा ‘!
सम्झनामा‘!
आखिर आँखाले मनलाई
कसरी बिर्सन सक्ला र?

अचेल ति मनबाट पीडित
आँखाहरु अनि
सिगारिएको आँखाहरु
त्यतिभर लाग्दैन।
कतिबेला चर्कीएर जान्छ सम्बन्धका ऐना हरु,
कति बेला लतपतिएर जान्छ गाजल हरु,
कति बेला बिग्रीएर जान्छ थ्रेडिङ परेलीहरु‘।

जो तिमी मलाइ मेरो आँखामा हेर्छौ
र देख्छौ नानीभित्र
आफ्नु छाँया, अनि नाप्छौ
तिम्रो र मेरो सम्बन्धको दुरि।

किनकि तिम्रो लागि मेरो आँखाहरु बजारमा बेच्न राखिएको ऐना
जस्तो मात्रहुन।
ऐनाले सबैलाइ राम्रोदेख्छ
सबै मान्छेले ऐनालाइ
राम्रो,उस्तै देख्ला र?

तर पनि आँखाले मनलाई
कसरी बिर्सन सक्ला ?
ती मलाइहेर्ने सिगारिएका
आँखाहरु‘
ती मलाइ हेर्ने प्राकृतिक
आँखाहरु‘
मलाइ ऐना बनाइ हेरेपनि
मलाइ मान्छे बनाइ हेरेपनि
साच्चै ‘
साच्चै ‘‘‘
मनपर्छ।।

-शैलेन सुहाङ

प्रतिकृया दिनुहोस्

सम्बन्धित