दार्चुलामा भूकम्प गयो | नेकपाका ४४१ केन्द्रीय सदस्य बालुवाटारमा, भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक | नगर प्रमुख र कर्मचरीको विवादले नगरपालिकाको कामकाज ठप्प | बिप्लव समुह राज्य र संविधान विरोधीः गृहमन्त्री थापा | नेविसंघको आमन्त्रित सदस्यमा गुण्डा नाइकेको नाम परेपछि भाँडभौलो | हुकिङ गरी विद्युत चोरी गर्ने २० जना पक्राउ | कसैले रोइकराई गरेको भरमा अहिलेको सरकार ढल्दैन : प्रचण्ड | नेकपाले नै कम्युनिष्टको धरोहर मदन भण्डारीको अपमान गर्याे : विश्वप्रकाश शर्मा | जो दलित समुदायका सान हुन्, सगरमाथाको विजययात्रा | नेकपाको पहिलो बैठक आज, नागरिकतासहित उपस्थित हुन निर्देशन

०४० सालदेखि सुन तस्करी थालेको भुजुङको बयान

खातामा भेटियो ४ करोड

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख २०, २०७५ Big News, Flash News, मुख्य खबर, समाचार

अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करीको सुरुवात दरबार नजिकका मानिसहरुले सुन तस्करका तरिका नयाँपुस्ताका तस्करलाई हस्तान्तरण गर्दै आएको पाइएको छ ।

राप्रपाका नेतासमेत रहेका भुजुङ गुरुङले बयानमा भने ‘मलाई यकिन मिति याद भएन, वि.सं.०४०र४५ सालतिर म थाई एयरबाट विदेश जाने र नेपाल र्फकने क्रममा चिनजान भएका थाई एयरलाईन्सका कर्मचारीहरु गोपालकुमार श्रेष्ठ र निजको साथी ताहाचल बस्ने बसन्तप्रसाद विजुक्षेसँग काठमाडौंमा भेट भयो ।

निजहरुले पहिलेदेखिनै सोल्टि होटेल छेउको ग्रयाण्ड होटेलको गोयल भन्ने साहुजीलगायतका मानिसहरुसँग मिली सुनको कारोवार गर्ने गरेका र निजहरुको ग्रयाण्ड होटेलको गोयल भन्ने साहुजी लगायतका अन्य साथीहरुसँग मनमुटाव भएको कुरा थाहा पाई हामी एक आपसमा भेटघाट हुँदा हामीहरु मिलेर सुनको कारोवार गर्ने सल्लाह भई सो कारोबार गर्न थाल्यौ ।

यसरी सुनको कारोवार गर्ने क्रममा म, गोपालकुमार श्रेष्ठ, बसन्तप्रसाद बिजुक्षे मिलेर संयुक्त लगानीमा हङकङबाट सुन किनेर बैंकक हुँदै थाई एयरलाइन्समार्फत नेपालमा उक्त सुन ल्याएर काठमाडौंका सुन पसलहरुमा बेचबिखन गर्न थाल्यौ’ ।

यसैबीच प्रहरीले भुजुङ गुरुङको बैंक खातामा चार करोड २१ लाख ५० हजार ३८२ रुपैयाँ फेला पारेको छ । सुन तस्करीका अभियुक्त गुरुङको ज्योती बैंकमा रहेका ५ वटा खातामा रहेको सो रकम प्रहरीले रोक्का गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित