दार्चुलामा भूकम्प गयो | नेकपाका ४४१ केन्द्रीय सदस्य बालुवाटारमा, भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक | नगर प्रमुख र कर्मचरीको विवादले नगरपालिकाको कामकाज ठप्प | बिप्लव समुह राज्य र संविधान विरोधीः गृहमन्त्री थापा | नेविसंघको आमन्त्रित सदस्यमा गुण्डा नाइकेको नाम परेपछि भाँडभौलो | हुकिङ गरी विद्युत चोरी गर्ने २० जना पक्राउ | कसैले रोइकराई गरेको भरमा अहिलेको सरकार ढल्दैन : प्रचण्ड | नेकपाले नै कम्युनिष्टको धरोहर मदन भण्डारीको अपमान गर्याे : विश्वप्रकाश शर्मा | जो दलित समुदायका सान हुन्, सगरमाथाको विजययात्रा | नेकपाको पहिलो बैठक आज, नागरिकतासहित उपस्थित हुन निर्देशन

३३ किलो सुन काण्डको अर्को तथ्य खुल्यो, एसएसपीले दिए यस्तो बयान

एसएसपी आफैं ओसार्थे सुन

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख २०, २०७५ Flash News, मुख्य खबर, समाचार
Shyam-tapaiko khabar-jpg

चुडामणि उप्रेती ‘गोरे’ र भुजुङ गुरुङ समूहको तस्करीको सुन पास गराउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालिन प्रहरी प्रमुखसहितका प्रहरी अधिकारीकै प्रत्यक्ष संलग्नता रहेको खुलेको छ ।

सुन तस्करीको आरोपमा पक्राउ परेका ७ प्रहरीमध्ये प्रहरी जवान विष्णुबहादुर खड्काले तस्करीमा आफ्नो संलग्नता मात्रै स्वीकार गरेनन्, तत्कालिन विमानस्थलका अन्य प्रमुख अधिकारीको पोल समेत खोले ।

खड्का एसएसपी खत्री डिएसपी हुँदादेखि नै उनको सवारी चालकको रुपमा कार्यरत थिए ।

विमानस्थलका तत्कालिन एसएसपी श्यामबहादुर खत्रीको गाडीमै राखेर उनले तस्करसम्म सुन पुर्‍याउने गरेकोसमेत स्वीकारेका छन् । खत्रीको निर्देशनमा उनले सुन दाह्रीवाला भनिने मोहन काफ्लेसम्म पुर्‍याउने गरेका थिए ।

जसवापत काफ्लेले उनलाई एक पटक ५ हजार रुपैयाँ र अर्को पटक १० हजार रुपैयाँ गरी १५ हजार रुपैयाँ पाएका थिए ।

काफ्लेलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्ने क्रममा उनीहरुले विदेशबाट सुन लिएर इमिग्रेसनसम्म आउने गरेका थिए ।

इमिग्रेसनको छापा लागेपश्चात कहिले एसपी विकासराज खनाल त कहिले डिएसपी सञ्जयबहादुर राउतले उनीहरुलाई इस्कर्ट गरेर सिधै डिआईजी गोविन्दप्रसाद निरौला र एसएसपी श्यामबहादुर खत्रीको कार्यकक्षसम्म पुर्‍याउने गरेको खड्काले बयान दिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित