दार्चुलामा भूकम्प गयो | नेकपाका ४४१ केन्द्रीय सदस्य बालुवाटारमा, भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक | नगर प्रमुख र कर्मचरीको विवादले नगरपालिकाको कामकाज ठप्प | बिप्लव समुह राज्य र संविधान विरोधीः गृहमन्त्री थापा | नेविसंघको आमन्त्रित सदस्यमा गुण्डा नाइकेको नाम परेपछि भाँडभौलो | हुकिङ गरी विद्युत चोरी गर्ने २० जना पक्राउ | कसैले रोइकराई गरेको भरमा अहिलेको सरकार ढल्दैन : प्रचण्ड | नेकपाले नै कम्युनिष्टको धरोहर मदन भण्डारीको अपमान गर्याे : विश्वप्रकाश शर्मा | जो दलित समुदायका सान हुन्, सगरमाथाको विजययात्रा | नेकपाको पहिलो बैठक आज, नागरिकतासहित उपस्थित हुन निर्देशन

झापामा दमक गोल्डकप फुटबल प्रतियोगिता सुरु

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख १९, २०७५ खेलकुद, मुख्य खबर, समाचार
jhapa gold cup-tapaikokhabar

झापाको दमकमा बुधबारदेखि दमक गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । वैशाख २८ गतेसम्म चल्ने प्रतियोगिताको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

उद्घाटन खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी विजयी भएको छ । उसले मोफसलको चर्चित टोली झापा ११ लाई ४–० गोलले पराजित गर्यो ।

विजेता मदन भण्डारी प्रतियोगिताको दोस्रो चरणमा पुगेको छ । बुधबारको खेलमा विजेता मदन भण्डारीका सौजन राई म्यान अफ द म्याच घोषित भए ।

उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा बिहीबार आयोजक दमक नगरपालिकाको टिम र रुपन्देही ११ बीचको खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार रुपैया प्राप्त गर्ने छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित