दार्चुलामा भूकम्प गयो | नेकपाका ४४१ केन्द्रीय सदस्य बालुवाटारमा, भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक | नगर प्रमुख र कर्मचरीको विवादले नगरपालिकाको कामकाज ठप्प | बिप्लव समुह राज्य र संविधान विरोधीः गृहमन्त्री थापा | नेविसंघको आमन्त्रित सदस्यमा गुण्डा नाइकेको नाम परेपछि भाँडभौलो | हुकिङ गरी विद्युत चोरी गर्ने २० जना पक्राउ | कसैले रोइकराई गरेको भरमा अहिलेको सरकार ढल्दैन : प्रचण्ड | नेकपाले नै कम्युनिष्टको धरोहर मदन भण्डारीको अपमान गर्याे : विश्वप्रकाश शर्मा | जो दलित समुदायका सान हुन्, सगरमाथाको विजययात्रा | नेकपाको पहिलो बैठक आज, नागरिकतासहित उपस्थित हुन निर्देशन

वाणिज्य र एनआईडीसी डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख १९, २०७५ अर्थ, आर्थिक खबर, कर्पोरेट, मुख्य खबर
Banijya-baik-tapaikokhbar-jpg

सरकारी स्वामित्वको दुई बैंकहरु राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंक गाभिएको छ । बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवारज खतिवडाले दुई बैंकको एकीकृत कारोबारको सुभारम्भ गरेका हुन् । दुई बैंक गाभिएपछि राष्ट्रिय वाणिज्य बैंकको नाममा कारोबार गर्नेछ ।

बैंकको १९१ शाखा कार्यालय, चुक्ता पूँजी ९ अर्ब ४७ लाख रुपैयाँ, जगेडा तथा कोषहरु ८ अर्ब ३० करोड ५६ लाख र कुल सम्पत्ति १ खर्ब ८२ अर्ब ८५ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै बैंकको कुल निक्षेप १ खर्ब ५४ अर्ब १७ करोड ६३ लाख, कर्जा तथा सापट १ खर्ब, १५ अर्ब ७३ करोड ९ लाख ८७ हजार र खुद नाफा ३ अर्ब १२ करोड ६४ लाख रुपैयाँ भएको छ ।

सो कार्यक्रममा अर्थमन्त्री खतिवडाले दुई सरकारी बैंक गाभिएपछि वित्तीय रुपमा थप बलियो र प्रतिस्पर्धी हुनुपर्ने बताए । उनले वित्तीय प्रणालीमा हुने अपराध असहृय हुने र गलत कार्य गरेमा सरकारले कसैलाई नछोड्ने धारणा राखे ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सरकारी बैंक भएकोले राष्ट्रिय वाणिज्य बैंकले अगुवा बैंकको रुपमा कार्य गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित