मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

‘कालो समय’……प्रथा

तपाईको खबर संवाददाता प्रकाशित : कात्तिक ८, २०७५ कला खबर, कविता, साहित्य, सिर्जना
ओमकार प्रथा

कालो समय
******
अब छेकबार हुनेछैन
यो कालकोठरीको बुइँगलमा— कसैको !
गौँडो ढुकेर बस्ने चन्द्रवीर
सपनाको लट्टाई बोकेर— अरब गएको छ !
नोटका फ्याउरी नचाएर
भ्याएसम्म उठाऊ
पसिनाको खमारबाट— नीला बिस्कुनहरू !
यही बिस्कुनको भर्याङ चढेर
भोलि उक्लिनु छ
तिमीले आफ्नै जिन्दगीको अग्लो पहाड !
********

चोया खिपेझैँ खिप
यो अर्थतन्त्रका कुरकुरे करङहरू
र ठड्याऊ भूतबङ्ला
जहाँ तिमी ढुक्कले निदाउन सक्छौ !
बुलेटका धारहरू ओछ्याएर
कोक्रामा सुताइदेऊ
हाम्रा ब्यालेटका युगीन सपनाहरू
र घन्काऊ घिन्ताङ-घिन्ताङ– राष्टवादको मादल !
आयुका लङ्गुरहरू
सत्ताको लाबरझैँ तन्किएर
आफैँ छमछमी नाचिरहनेछ- तिम्रो प्रजातन्त्र !
…………………….

यो जुवाघरबाट निस्किएर
जति सक्छौ रेट
यो सारङ्गीजस्तै बूढो देशको घाँटी !
भोकले गलेका तारहरूबाट
मसिनो धुन निस्किएर
बेस्सरी गाइरहनेछ— एउटा प्रेमील कोरस !
जस्तो कि :-
क्या राम्रो देख्छु गुएँली फूल
मै चुँडी सिउरौँ कि
पिरीमा पिरी पिपीरी पात
मै टिपी बजाऊँ कि !
………………………..

काँचो धागो टुटेर
कति चङ्गाहरू चेट भइरहेछन्
कुनै हिसाब छैन- शासकका बहीखाताहरूमा !
मरूभूमिको एक्लो पठारबाट
चन्द्रमाजस्ता चन्द्रवीरहरू
कहिलेसम्म कफन-बाकसमा घर फर्किरहन्छन् ?
र सिंहदरबारको छायाँमुन्तिर
अलख जागिरहन्छ– एउटा कालो समय !
रातको बुई चढेर
कसले डढाइरहेछ– बस्तीका सारा गोठहरू ?
र अबोध केटाकेटीहरूलाई
बाबुको तस्बिर देखाउँदै रोइरहेछन् – आमाहरू !
………………………

आँधीअघि नै
जति सक्छौ लठ्ठिँदै नाच
तिम्रा खुसीहरूको चतुर्भुजी आँगनमा १
सायद
अब केही बेरमै
जिन्दगीको अन्तिम पत्रमा हस्ताक्षर गर्नु छ !
म त छापामार हुँ
देश खोज्न निस्किएको छु !
तिमीसँग संवाद गर्न
अब मसँग कुनै शब्दहरू बाँकी छैनन् !
यतिखेर म
आवाजविहीन लाटो बनको छु- बमको गोलाजस्तै !

**************

-प्रथा

प्रतिकृया दिनुहोस्

सम्बन्धित